19Shares

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्व रेक्टर तथा हाडजोर्नी बिभागका बिशेषज्ञ प्रा.डा.गुरु खनालले धरानका सञ्चार संस्था कपुरी न्युज तथा सम्बध सामाचार लेखकले आफनो एसएलसी फेल र बिहारको नक्कली सर्टिफिकेट रहेको भन्दै समाचार प्रकाशित गरी गरिएको चरित्र हत्या भएको ठहर गर्दै साईबर ब्युरोमा उजुरी दिएर कानुनी पक्रियामा गएको बताएका छन ।

गएको माघ २८ गते सुनसरीको धरानबाट प्रकासित हुने कपुरी न्युजको सामाचार पोर्टलमा एस एल सी फेल खनाललाई बिपी प्रतिष्ठानको उपकुलपति बनाउने तयारी,शैक्षिक योग्यता सम्बन्धी मुद्दा अख्तियारमा विचाराधीन भन्ने शिर्षकमा प्रकाशित भएको थियो भने सामाजिक सञ्जाल फेसबुकमा मणि राज भटटराई नामको पेजमा बि.स. २०७७ साल भदौ २२ गतेको अख्तियार दुरुपयोग अनुसन्धान टंगाल काठमाडौले तत्कालीन बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपतिलाई डा.गुरु खनाल बिरुद्धको शैक्षिक प्रमाणपत्र छानबीनका लागी परेको पत्र र सोही पत्रका आधारमा तीन दिनभित्र डा खनालका सबै कागजपत्र पेश गर्न भनेर लेखिएको पत्र पोष्ट गरिएको थियो ।

सोही समाचारको तथा सामाजिक सञ्जालमा आएको गलत कुराको खण्डन गर्दै चरित्र हत्या गरेको बताएका छन् । उनले त्यसविरुद्ध साइबर ब्युरोमा उजुरी दिएर कानुनी प्रक्रियामा गएको पनि आईतबार डा.खनालले पत्रकार सम्मेलन गरी बताएका हुन। डाक्टर खनालका अनुसार उक्त समाचारमा खनालको २०३८ सालको एसएलसीको सर्टिफिकेट मात्र प्रकाशन भएको थियो । तर, डा.खनालले आफु गाउँको विद्यालयमा अध्ययन गरेको र पहिलो पटक एसएलसीमा अंग्रेजीमा फेल भएपनि अर्को बर्ष पास गरेको भन्दै सर्टिफिकेट देखाए । उनले भने,‘म गाउँको स्कुलमा पढेको हो ।

त्यतिबेला पहिलो पटक एसएलसीमा अंग्रेजीमा फेल भएकै हो । तर अर्को बर्ष पास भएको छँ । समाचारमा फेल भएको सर्टिफिकेट मात्र राखियो, अर्को बर्ष पास भएको नराखेर चरित्र हत्या गरियो । डा. खनालले बिहारबाट सर्टिफिकेट ल्याएको आरोपबारे खण्डन गर्दै भने, ‘मैले पिसिएल महाराजगञ्ज क्याम्पस पढेको छु, तर कपुरी न्युजले महाराजगञ्जलाई विहार देख्नुभएछ धन्यवाद नै छ उहाहरुलाई कपुरी न्युज सम्बध ब्यक्तिहरुले कस्तो खाले पत्रकारीता गर्दे आउनुभएको छ भने । लेख्नै मन लागेको भए मलाई सोध्नुपर्नेथियो होला नि ।

डा.खनालले अख्तियारमा सर्टिफिकेटबारे उजुरी परेपछि सबै प्रमाणपत्रहरु दिएको र केही खराबी नभेटेपछि मुद्दा दायर नभएको बताए । ‘अख्तियारमा वेनामे उजुरीहरु पनि पर्छ, र बुझ्नको लागी पत्र पठाउछ । मलाई पनि पत्र आएपछि सबै प्रमाणपत्र स्कान गरेर पठाएको थिएँ, केही नै नभेटेपछि मुद्दा दायर गर्ने कुरा नै भएन,’ उनले भने,‘२०७७ सालको पत्र अहिले सार्वजनिक गरेर मेरो चरित्र हत्या गरेको हो ।

डा.खनालले प्रतिष्ठानको छाप लगाएको प्रशासनिक गोप्य पत्र र शैक्षिक प्रमाणपत्रहरु सार्वजनिक गरेको बिषयमा पनि अनुसन्धानको लागि उजुरी दिएको बताए । संस्था अप्ठेरोमा पर्दा र निकास आउने वातावरण हुँदा जहिल्यै अस्थिरता चाहने र धरासायी भएको देख्न चाहनेहरुले चलखेल गर्ने गरेको डा.खनालले बताए । ‘दुःखका साथ भन्न चाहन्छु, प्रतिष्ठानलाई लुटेर खान चाहने व्यक्तिहरुकै यो खेल हो । संस्था अप्ठेरोमा पर्दा, निकास आउदा जहिल्यै त्यो गिरोह यसरी नै खेल्छ,’उनले भने ।

सोही पत्रकार सम्मेलनमा प्रतिष्ठानकै हाडजोर्नी बिभागका विशेषज्ञ तथा पुर्व रेक्टर प्रा.डा.विक्रम श्रेष्ठले पनि व्यक्तिको मापन एसएलसी फेल वा पासको आधारमा नहुने बताएका थिए । उनले एसएलसीमा फेल हुने व्यक्तिले भविष्यमा सफलता पनि पाएको हुनसक्ने भन्दै उनले भने,‘एक पटक एसएसली फेल भएको व्यक्ति पछि राम्रो पनि त गर्नसक्छ । डा.श्रेष्ठले अहिले डा.खनाललाई कायममुकायम उपकुलपति बनाउन लागेको भन्ने हल्ला चलेपछि उनको चरित्र हत्या गर्ने वदनियतले समाचार आएको पनि बताए । उनले यो सामाचार जस्ले लेखेपनि ल्याएपनि कुनैपनि हालतमा छोडन नहुने तथा यस्ता प्रकारको प्रबृतिलाई कानुनी प्रक्रिया अनुसार नै नङयाउनुनै पर्ने आक्रोस समेत पोखे ‘प्रतिस्पर्धा हुनु नराम्रो होइन, हुन्छ तर स्वास्थ्य हुनुपर्छ । तर कसैलाई चरित्र हत्या गर्न हुदैन डाक्टर श्रेष्ठको भनाई थियो ।

कयौ बिभागका प्रमुख उपस्थित रहेको उक्त पत्रकार सम्मेलनमा आखा बिभागका कर्मचारी सोमनाथ रिमालले पत्रकार जो भएपनि पत्रकार महासंघ तथा सम्बन्धीत पत्रकार जन्य संस्थाले कार्वाही चलाउनुपर्ने बताए । उनले कुनैपनि पत्रकारलाई कसैको चरित्र हत्या गर्ने छुट छैन गुरु खनालको बारेमा लेख्दै गर्दा ती पत्रकारले खनालको पछि उनका परिबार,समाज र छोराछोरी देखी चरित्रमा नै कस्तो असर पर्छ भनेर एक पटक सम्झीनु पर्देन भनेर प्रश्न गरे । रिजालले ती लेख्नु पत्रकारलाई तुरुन्त एक्सन लिनुपर्ने बताए ।

महेश्वर राईले पत्रकार र पत्रकारीताको धर्म किन ननिभाएको भनेर प्रश्न गरे । उनले कसैको सामाचार लेख्दा सम्बन्धीत ब्यक्तिलाई एक पटक सोध्नुपर्ने दायित्व पत्रकारहरुको समेत हुनेपर्ने बताए । यसरी अनाहकमा सामाचार आईरहदा कतै कुनै आर्थिक लोभमा थत सामाचार लेखेको होईन भनेर शंका समेत उब्जीएको राईले बताए । सम्मेलनमा शिबेन्द्र झाले बदनियतपुर्ण सामाचार लेखेपनि सत्यतथ्य अहिलेको पत्रकार सम्मेलनमा आउदा ती पत्रकारप्रतिको समाजको बिश्वास र डाक्टर गुरु खनाल प्रतिको सहानुभुतिमा निकै नै फरक पारेको बताएका थिए ।