7Shares

आम सञ्चारमा नौलोपन आएसँगै घातक हुने भन्दै युनेस्को नेपालको आम सन्चार बिभागले धरानमा एक दिने छलफल गोष्ठी सम्पन्न गरेको छ ।स्थानिय सस्कृती र सम्पदाहरुको संरक्षणमा आम सन्चारको भुमिका बिषयक एक दिने छलफल गोष्ठी सम्पन्न गरेको हो ।युनेस्कोका लागि निमित्त नेपाल रास्ट्रीय आयोगको सन्चार बिभागको आयोजनामा धरान १० स्थित होटेल वाईट डोबमा उक्त कार्यक्रम सम्पन्न गरेको थियो।

जहाँ युनेस्कोका निमित्त नेपाल रास्ट्रीय आयोगका आमसन्चार समितीकि सम्योजक नम्रता शर्माको अध्यक्षता रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री एबम आयोगका अध्यक्ष अशोक राई रह्नुभएको थियो । त्यस्तै सोही कार्यक्रममा माननीय सुशील श्रेष्ठ युनेस्कोका सहायक महासचिब रामेश्वर यादव युनेस्कोका निमित्त सचिबालय सदस्य सचिब उषा पोखरेल,सदस्यहरु हरिबङ्ग्श किरात,तेन्जिङ श्रेर्पा अग्रज पत्रकारहरु हर्ष सुब्बा,जनक ऋषि राई, गोपल देवान धरान र भोजपुर र धरानका विभिन्न कलेजका विद्यार्थीहरु तथा सामाजबादी पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रमको समुदघाटन कर्याक्रममा आफ्ना मन्तव्य राख्दै सहायक महासचिब रामेश्वर यादबले आमसन्चारमा नौलोपन आएको छ तर ती नौलो पन घातक हुने तिर सचेत हुन आग्रह गरे । उनले आमसन्चारमा नौलोपन र तिनै नौलोपनको घातक अबस्थाको शृजना समेत गरेको बताएका थिए । येस्ता कुराहरुबाट बच्न यादबले सस्कृती र सम्पदाको क्षेत्रमा कलम चलाईदिनुहुन सन्चारकर्मिहरुलाई आग्रह पनि गरे । सहायक महासचिब यादबले अति न्यून बजेटमा सन्चालन हुने काठमाडौ पछि अन्य स्थानमा पहिलो कार्यक्रम रहेको बताउदै आगामि दिनमा थप ब्यबस्थापन गर्दै जाने बताए ।

त्यस्तै सोही कार्यक्रमका प्रमुख अतिथि शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री अशोक राईले युनेस्को आफैमा सन्सार भरिका ठूलो सदस्य रहेको बताए । जहाँ सन्सारकै सबैभन्दा धेरै सदस्य समेत रहेको भए पनि कता कता हाम्रो देश नेपालमा ओझेल परेको जस्तो रहेको बताए । अर्थतन्त्रमा समस्या भएको र भावनाले सन्सार नचल्ने भएकोले पनि आफुहरुले कार्यक्रम दिन नसकेको बताए । मन्त्री राईले अभावहरुको बिचमा पनि यो सस्था कृयाशिल रहेको बताएका थिए । उनले रास्ट्र आयोगका सदस्यहरु धन्यवादका पात्र भएको बताए ।

युनेस्कोको हेडक्वाटर पेरिसमा रहेको जग्गा भवन समेत उपलब्ध गराएकोले आफुहरु पहिलो चोटि आफू जान पाएकोले नयाँ अनुभव भएको समेत बताए जहाँ आफुले सामन्य भुमिका खेल्न पाएको समेत बताएका थिए । युनेस्कोका लागि निमित्त नेपाल रास्ट्रीय आयोगका आम सन्चार सम्योजक नम्रता शर्मा तथा आयोगका सदस्य हरिबङ्ग्श किराँतले कार्यापत्र प्रस्तुत गरेको उक्त कार्यपत्र माथी पत्रकार गोपाल देवान टिप्पणी गरेका थिए भने पत्रकारीताका नयाँ पुराना अनुभव धरानका अग्रज पत्रकार हर्ष सुब्बाले सुनाएका थिए । कार्यक्रममा करिब ४०र५० जनाको उपस्थिती रहेको थियो ।