0Shares

आज नेकपा माओवादी केन्द्रले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई २९ औ जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । शान्ति प्रक्रियापछि माओवादीले पटक–पटक सरकारको नेतृत्व गरेका छन । माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन । सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ । दिवका अवसरमा प्रदेश मातहातका केही स्थानीइ तहहरुले पनि छुट्टै सार्वजनिक बिदाको घोषणा गरेका छन ।

यसैबीच नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटिले जनयुद्ध दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । धरान उपमहानगर पालिका २ स्थित भानुचोकको लोकतान्त्रीक चौतारीमा गरेको उक्त रक्तदान कार्यक्रममा १२० प्रिण्ट रगत संकलन समेत भएको पार्टीका धरान नगर ईन्चार्ज चोत्लुङले आयोन्युजलाई जानकारी दिए । उक्त कार्यक्रममा धरान उपमहानगरका उप मेयर अईन्द्र बिक्रम वेघा,नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटिका नेता कार्यकर्ता गरी सयौको सहभागिता रहेको थियो ।

तत्कालाीन माआवादी पार्टीले २०५१ साल फागुन १ गतेबाट शत्तासिन राजतन्त्र विरुद्ध शसस्त्र युद्ध शुरु गरिएको दिनलाई आधार मान्दै आएको छ भने सोही दिनलाई जनयुद्ध दिवसको रुपमा प्रत्येक बर्ष देशभर विभिन्न कार्यक्रम गर्दै अएका छन । यस पटक भने २९ औं जनयुद्ध दिवसको अवसरमा धरानमा विहान रक्तदान कार्यक्रम गरिएकोे नेकपा माओवादी केन्द्र नगर सह–सचिव खेम रनपहेलीले जानकारी दिए ।

उनका अनुसार विहान साढे ७ बजेबाट धरानको भानुचौकमा रक्तदान कार्यक्रम गरिएको थियो । सोही रक्तदान कार्यक्रम पश्चात धरानमा रहेका शहिद तथा वेपत्ता परिवारलाई सम्मान तथा भेटघाट कार्यक्रम समेत गरेको २९ औं जनयुद्ध दिवस व्यवस्थापन समितिका संयोजक उद्धब लिम्बुले जानकारी दिएका छन । त्यस्तै माओबाली पार्टी तथा माओवादी विप्लव पार्टी सम्बध नेता तथा कार्यकर्ताहरुले आजै बेलुका सन्ध्याकालीन दिप प्रजलन गर्ने कार्यक्रम समेत गरिनेछ । जहा धरानको भानुचौकमा र सुनसीको ईटहरीमा पनि दिप प्रजलन कार्यक्रम राखिएको विप्लव माओवादीका पार्टी सम्बध नेता एबम सुनसरी ईन्चार्ज डिवि सिले जानकारी दिएका छन ।

गत बर्ष जनयुद्धको २८ औं वार्षिकोत्सवका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो तर यो बर्ष भने सर्वाेच्च अदालतले जनयुद्ध दिवसमा आम सहमति नभएकोले सार्वजनिक बिदा दिनु उचित नहुने भन्दै बिदा नदिन अन्तरिम आदेश दिएपछि सार्वजानिक विदा भने दिन सकेको छैन भने नेकपा माओवादी केन्द्रले प्रमुख पद जितेको धेरै स्थानीय तहहरुमा १ फागुनमा जनयुद्ध दिवसको बिदा घोषणा गरेका छन भने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले देशव्यापी आ–आफ्नो ढंगले जनयुद्ध दिवस मनाउन कार्यकर्ता एबम सर्बसाधारणहरुलाई आग्रह गरेका छन ।