0Shares


सुनसरीको धरान १५ स्थित रहेको ङाग्युर ञीङ्मा ङ्युङने ल्हाखाङ गुम्बाले शान्ति ¥याली निकालेको छ । गुम्बाको बार्षिक कार्यक्रम अन्तरगत मंगलबार बिहान गुम्वा परिसरबाट धरानका बिभिन्न भागमा शान्ति ¥याली निकालेका हुन ।

गुम्बाको परिसरबाट निकालेको उक्त शान्ति ¥याली श्यामचोक,बरगाछी भानुचौक,छाता चौकबाट पुरानो बजार हुदै पुण सोही गुम्बा परिसरमा पुगी समापन भएको थियो । उक्त शान्ति ¥यालीमा लामा गुरुहरु, हातेमालो उद्यमी महिला समुह, श्री हिमालयन महायन रिन्छेन छ्योलिङ वृद्धिश गुम्वाका गुरुहरु लगायत सयौ सबैसाधारणहरुको सहभागिता रहेको थियो ।

आजबाट शान्ति ¥यााली कार्र्यक्रम गरेर शुरुवात गरेको गुम्बाले आगामी फागुन ३ गते विश्व शान्तिको लागि १० करोड बज्र गुरु जप र फागुन ६ गते बौद्धधर्मालम्वीहरुको ऐतिहासिक र लोकप्रिय मानिएको रिन्पोछे छयाम नृत्यको स्थापना गर्ने कार्यक्रम रहेको ¥यालीमा सहभागी ङाग्युर ञीङ्मा ङ्युङने ल्हाखाङ गुम्बका अध्यक्ष लोक बहादुर थिङले जानकारी दिए ।