0Shares

आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा श्री पंचमी अर्थात सरस्वती पुजाको दिन बिद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी देशभर श्री पंचमी मनाइदै छ । विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै आज देशभर सरस्वती पूजा मनाइँदै छ ।

हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्छन । आजको दिनमा बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ । विशेषगरि विद्यार्थी,शिक्षक,साहित्यकार, कलाकार,पत्रकारहरुले आ–आफ्ना कलासाधनाका उपादानहरु कापी–कलम,वाद्यययन्त्र, कुची लगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन । देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रर्थना गर्न बिहानै देखि भीड लागेको छ ।

आजबाट सूर्य उत्तर तिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजका दिनलाई वसन्त पंचमी पनि भन्ने गरिन्छ । आजका दिन बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक–कान छेड्ने गर्ने गरिएको छ । यसैबीच आजकै दिन सुनसरीको धरानमा समेत बिभिन्न बिद्यालयहरुमा एका बिहानदेखी पुजापाठका लागी बिद्यार्थीहरुको घुईचो लागेको छ ।

त्यस्तैगरी आजकै दिन प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे समते परेको छ । बिशेषत प्रेमिल जोडीहरुले विश्वभर आजको दिन विषेश रुपमा मनाइँदैछ। आजको दिन आफूलाई प्रेम गर्ने विशेष व्यक्तिलाई फूल तथा विभिन्न उपहार दिएर यो दिवस मनाउने गरिन्छ। यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो। प्रणय दिवसको अवसरमा आज प्रेम जोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ।

रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक बिवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ।