0Shares

तिन दशक अघि स्थापना भई आफ्नो स्थापना कालदेखि नै सामाजिक सहभागितामा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका रोटरी क्लब अफ धरानले सामाजिक कार्यहरुलाई थप निरन्तरताका साथ एकै साथ दुई कार्यक्रम गर्दैछ ।

क्लबले कार्यक्रम आयोजना गर्ने र सोको तयारि पूरा भएको बारे जानकारी दिएको हो । “Pedal for Child Education” नाराका साथ यहि फागुन ७ गते सुनसरीको धरानमा हुने लागेको उक्त कार्यक्रम विशेषत Charity Fun Ride का लागि गरीन लागेको क्लबका अध्यक्ष शिबनन्द शाहले जानकारी दिए ।

उनका अनुसार कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने र सो कार्यक्रमबाट संकलित रकम धरान १५ खोरिया बस्तीमा अबस्थित रहेको श्री जनता आधारभुत बिद्यालयको बिद्यार्थीहरुका लागि विभिन्न खेल सामग्रीहरु पिङ, चिप्लेटी, Seesaw जस्ता भौतिक संरचना निर्माण गरीनेछ । शनिबार धरान ९ गौतमपथ स्थित क्लबको आफ्नै सभहलमा आयोजक रोटरी क्लब अफ धरानका पदाधिकारीहरुले पत्रकार सम्मेलन आयोजना गरी उक्त कार्यक्रम बारे जानकारी गराएका हुन ।

सम्मेलनमा अघिल्लो बर्ष जस्तै सोही कार्यक्रमलाई निरन्तरता दिँदै Cycling खेललाई थप टेवा पुग्ने गरी यस वर्ष पनि Cyclofun 2.0 साथै थप Cyclocross 1.0 (राष्ट्रिय स्तरको 16 km MTB Race) को आयोजना गर्न लागेको जानकारी दिए । कार्यक्रम धरान-२, भानुचौकबाट सुरु भई श्री जनता आधारभूत विद्यालय, धरान-१५, खोरियाबस्तीमा समापन हुने अवगत गराउँदछौं। Cyclofun 2.0 को दूरी जम्मा ७ कि.मि. र Cyclocross 1.0 को दुरी जम्मा १६ कि.मि. हुने कार्यक्रम सम्योजक एबम रोटरीयन बिनय लाल श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा Cyclocross 1.0 मा भाग लिने सम्पूर्ण खेलाडीको दुर्घटना बिमाको व्यवस्था समेत गरिएको छ भने सुनसरी जिल्ला बाहिरबाट आउनुहुने सम्पूर्ण सहभागीहरुलाई अघिल्लो एक रातको आवासको व्यवस्था गरिनुका साथै Cyclocross 1.0 पश्चात जनता आधारभूत विद्यालय, धरान-१५ परिसरमा Slow Cycle Race तथा Professional Cyclist हरुद्वारा Choreographed Stunt Show प्रस्तुति समेत आयोजना गरीने कार्यक्रम रहेको पनि श्रेष्ठले जानकारी दिए ।

यस पटकको कार्यक्रमबाट संकलित रकम श्री जनता आधारभूत विद्यालय, धरान-१५ खोरियाबस्तीलाई विभिन्न खेल सामाग्रीहरु (पिङ, चिप्लेटी, Seesaw, Merry-go-round आदि) निर्माण गरी हस्तान्तरण गरिनेछ । कार्यक्रम आउदो फागुन ७ गते सोमबारको दिन बिहान ७ बजेबाट सुरु भई दिउसो करिब १२ बजे समापन हुनेछ ।

जहाँ साईक्लोफन २.० धरानको भानुचौक बाट सुरु भई छाताचौक, लक्ष्मीचौक, पृथ्वी रोटरी चौक, सिंहदेवी चौक, चिनियाँ चौक, माछाभौडी, सदन हुँदै कार्यक्रम स्थल धरान १५ खोरियाबस्ती स्थित श्री जनता आधारभुत विद्यालयमा पुगि समापन हुनेछ छ भने साईक्लोक्रस १.० भानुचौक, छाताचौक, लक्ष्मीचौक, पृथ्वी रोटरी चौक, रेडक्रस, हात्तिसार, विजयपुर चौक, विजयपुर स्कुल, बेलडाँडा चौक, सेउती खोला, वसन्तयर, वडा नं. ४ काठेपुल, आदर्श चौक, बगरकोट, किसान चौक, अधेरी खोला, ५ नं. वडा कार्यालय ठिगाबारी, कर्माचौक खैरेनी, सेरा खोला पुल, सरस्वती चौक, स्कूलडाँडा पानबारी, सेडती पुल, महादेवचौक हुँदै श्री जनता आधारभूत विद्यालय खोरियाबस्तीमा पुगेर समापन हुने कार्यक्रम संयोजक तथा रोटिरिएन बिनय लाल श्रेष्ठले जानकारी दिएका छन ।

खुल्ला प्रतिस्पर्धामा १६ बर्षदेखीका साईकलिष्टहरुले १६ किलोमीटरको साईक्लोक्रस १.० क्रस कन्ट्री माउन्टेन बाईक रेसमा भाग लिनेछ भने अर्काे साईक्लोफन २.० अन्तर्गत ७ किलोमिटरको क्यारेटी रमाइलो सबारी (Fun Ride) आयोजना हुनेछ । धरानको भानुचोकबाट बिहान ७ बजे सुरु भई १६ किलोमीटरको दुरि पार गर्दै धरान १५ स्थित खोरिया बस्तीमा रहेको श्री जनता आधारभुत विद्यालयमा पुगी समापन हुनेछ । त्यस्तै सोही कार्यक्रमको दौरान त्यहा अध्ययनरत रहेका बिद्यार्थीहरुको लागि स्वास्थ तथा खेल सामग्री निर्माण गरीने पनि आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागी राईडरहरु मध्ये बिजेताले नगद २० हजार दोस्रो हुनेले नगद १५ हजार तथा तेस्रो हुनेले नगद १० हजार पुरस्कार पाउने छ ।

त्यस्तैगरि महिला तर्फको सबैभन्दा छिटो रेस पूरा गरी बिजेता हुनेलाई नगद ५ हजार, मेडल तथा प्रमाणपत्र र ४० बर्ष माथी कटेकाहरु मध्येका सबैभन्दा छिटो रेस पूरा गरि बिजेता हुनेले समेत नगद ५ हजार पुरस्कार संगै मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुका साथै रेसमा सहभागी सबैले जर्सी, प्रमाणपत्र एबम खाजा नस्ता समेतको सुबिधा पाउने आयोजकले जनाएको छ ।