©AAYO NEWS & GK VLOGS
10Shares

चलचित्र एबम कलाको माध्यमबाट लिम्बू भाषा संस्कार संस्कृती समेट्न तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको लिम्बू भाषा सस्कारको चलचित्र सुगुपको च्यारेटी गरीने भएको छ ।

किराँत याक्थुङ्ग चुम्लुङ्ग धरानको आयोजनामा आगामी फागुन १९, २० र २१ गते तीन दिन सम्म उक्त च्यारेटी सो गरीन लागेको चलचित्रका कलाकार समेत रहेका तिर्थ मादेम्बा लिम्बुले जानकारी दिए ।

बिहिवार धरान ८ स्थित बराह किचनमा आयोजना गरेको पत्रकार सम्मेलनमा लिम्बुले धरानको फ्रेन्ड सिनेमा हलमा उक्त चलचित्रको प्रिमियर शो गरीने बताए । सम्मेलनमै लिम्बू जातिमा प्रसव पीडा अथवा सुत्केरी व्याथाको कारण ज्युदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरीकै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ भने उक्त चलचित्र समेत यहि बिषयबस्तु लाई उठान गरेर निर्माण गरेको पनि हो। सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्यु सस्कार सामान्य मृत्युमा गरिने संस्कारभन्दा अलग हुन्छ सुगुप भएको महिलाको मृत्यु सस्कार गर्न बेला (बिजुवा) हरूको महत्वपूर्ण भूमिका रहने गरेको पनि बताईएको छ।

करिब ६०/७० लाखको लागतमा निर्माण गरीएको चलचित्र सुगुपमा मुख्य कलाकारहरू प्रेम सुब्बा, यासेली योडहाड, मौसम ईम्बुड लिम्बु,बबीता नेयोडहाड, सुम्नीमा खापुड, डम्बरकुमारी,पयाडगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुड, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आइबो, एम के योडहाड, तीचं मादेम्बा, उदय बेघा, लिला सेत्लिड माबो, इंन्दा पंधाक, युवराज इंश्यो, थानाहाड तिगेला सैलेन्द कुमार नाल्बो र रबिन इन्द्र सेर्पाको अभिनय रहेको छ । त्यस्तै चलचित्रमा यासेली योङहाड, जानु काम्बाङको गीत रचना रहेको छ भने अशोक लोहरूङ राईको संगीतमा गायक राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बु, मनु नेम्वाङ, सुमन लिम्बुले स्वर दिएका छन्। चलचित्रको पटकथा देवेन्द्र खापुड सुर्केलीले लेखेका हुन् भने छायाङ्कनः युवराज राई (बीरबहादुर), सम्पादनः विपिन्न मल्ल, कलरिष्ट रेनिस फागो,नृत्य निर्देशकः कमल राई, द्वन्द निर्देशनः किशोर सम्बाहाङ्फे, कला निर्देशनः निश्चल कुलुङ राई, मेकअपः विजय लामा, सञ्जु चलड, भेस भूसा युनिक क्यसन लिम्बु-नेपाली सबटाईटलः डि.बि. आडवुड, पब्लिसिटी डिजाईनरः टौवा क्रिएशन, सुदामा डिजाईनिङ, अंग्रेजी सबटाईटल गौतमराज खड्‌काले गरेको छन् ।

प्रस्तुतकर्ता तथा मुख्य निर्माताः रबिन कुमार नाल्बो लिम्बु, निर्माताः शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह-निर्माता एल पी साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद मावो रहेको चलचित्र सुगुप भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याड्वरक पांचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरूमा छायाङ्कन गरिएको छ ।

दुई घन्टा लामो अबधी रहेको चलचित्र सुगुपको कथा/निर्माता एबम निर्देशन लोकेन सांबा लिम्बु स्वयम् रहेको छ । उक्त च्यारेटी हेर्नको लागि दर्शकले आगामी फागुन १९ र २० गते दिउँसो १२ बजेदेखी २ बजेसम्म र २१ गते बिहान ९ बजे देखि ११ बजेसम्म हेर्न सकिने आयोजक किराँत याक्थुङ चुम्लुङ्गका धरान अध्यक्ष तिर्थ मादेम्बा लिम्बुले जानकारी दिएका छन ।