©AAYO NEWS & GK VLOGS
5Shares

देशको आर्थिक गतिविधिलाई नयाँ ढंगले चलायमान बनाउने उद्देश्यले सुनसरीको धरानमा शुक्रबारबाट १३ दिने ‘धरान एक्स्पो’२०८० सुरु भएको छ । फागुन ११ देखि २३ गतेसम्म चल्ने उक्त एक्स्पो धरान रंगशाला छेउ तललिर रहेको खाली मैदानमा डोम प्रविधिको सहयोगमा निर्माण गरिएको अस्थायी संरचना तथा बरपर निर्माण गरिएको स्टलहरुमा सञ्चालन हुदैछ ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजना तथा स्थानीय सरकारहरुको सहयोगमा सुरु भएको धरान एक्स्पोमा स्वदेशी रैथाने उत्पादनदेखि विदेशी सामाग्रीहरु बिक्री तथा प्रदर्शनीका लागि राखिनुका साथै स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाका उत्पादनहरूलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिएको छ ।

सोही एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल समेत रहेको स्टल व्यवस्थापन संयोजक विष्णु बरालले जानकारी दिए । क्षेत्रीय तथा जातीय संस्कृति जगेर्ना गर्न विविध भाषा, संस्कृतिका कला, सांस्कृतिक कार्यक्रम, जातीय कलाकारहरूबाट जातीय पहिरन प्रदर्शन, लोकनृत्य प्रतियोगिता एक्स्पो अवधिमा हुनेछ । सांस्कृतिक प्रदर्शनबाट बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक संस्कृतिर्मीहरुलाई एक्स्पोले प्रोत्साहित गर्ने बताइएको छ ।

त्यस्तै जीपलाईन,रोटेपिङ जस्त अन्य खेलकुदका साम्रगी एबम खानेपरिकारमा धरान एक्स्पोमा जाने दर्शकहरु रमाउने पनि आयोजकको अपेक्षा छ । सोही एक्स्पोको फागुन १३ गते स्वरोजगार गोष्ठी समेत गरिने छ । गोष्ठीमा प्रत्येक वडाबाट एक महिला र एक पुरुषलाई सहभागी गराइने आयोजकले जनाएको छ । धरानका होटेल, ट्याम्पो, बस व्यवसायीहरूलाई समेत समेटेर पर्यटन गोष्ठी गरिने आयोजक उद्योग बाािण्ज्य संघका अध्यक्ष बिजय श्रेष्ठले जानकारी दिए । धरानको पुरानो व्यापारिक साख फर्काउन एक्स्पो आयोजना गरिएको आयोजक उद्योगा बाणिज्य संघका अध्यक्ष बिजय श्रेष्ठले जताए ।

उनले पूर्वको व्यापारिक केन्द्रका रुपमा परिचित धरानको आर्थिक गतिविधि पछिल्लो समयमा निराशाजनक रहेकाले यसलाई पुनर्जीवित गर्न फरक शैलीको एक्स्पो आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय नेपालमा आयात बढ्दै गरेको र निर्यात शून्य रहेको एक्स्पो समुदघाटन गर्दे पर्यटन मन्त्री सुधन किरातीले बताए । धरान एक्स्पोको उद्घाटनको क्रममा उनले यस्तो बताए । उनले आयात न्यूनीकरण गर्न प्रदेश र केन्द्र सरकारले लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे । धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकास र विस्तारमा महोत्सव महत्वपूर्ण हुने उनकको भनाई थियो । एक्स्पोमा १५० वटा स्टल छन ।

एक्स्पोमा धरानको अर्गानिक बेसार, कालो बङ्गुर, लोकल रक्सी, कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्तीय सेवा, लुगा, कपडा तथा घरेलु सामानहरूको स्टल छ । सुनसरीका स्थानीय उत्पादन भएका सबै वस्तुहरू तथा अन्तर्राष्ट्रिय उत्पादनको पनि प्रदर्शनीमा राखिएको छ ।

एक सय वर्षभन्दा पुरानो इतिहास बोकेको प्राचीन सहर धरान पछिल्लो समय देशकै शिक्षा स्वास्थ्य, पर्यटन खेलकुद, आर्थिक र धार्मिक केन्द्रका रूपमा विकसित भएको छ । धरान पहिले पूर्वका पहाडी जिल्लाको प्रवेशद्वार, व्यापारिक र व्यावसायिक हिसाबले केन्द्रको रूपमा थियो  भने हाल सडक सञ्जाल र यातायातको सुविधा बढेपछि कोसी पहाडको व्यापारिक नाकाका रूपमा रहेको धरानको व्यापारिक र व्यवसायिक भूमिका बदलिएको छ । सोही कार्यक्रमको दौरान धरानमा भएका पूर्वाधारको विकास र आर्थिक गतिविधिलाई निरन्तरता दिन नयाँ ढङ्गमा अघि बढ्नुपर्ने चुनौती रहेको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए ।

उनले उद्योग वाणिज्य सङ्घ धरानको विकास र आर्थिक गतिविधि दुवैको चुनौतीको विषयमा गम्भीर रहँदै आएको बताए । धरान बाहेकका जिल्ला, नगरपालिका, गाउँपालिकाका उद्योगी, व्यवसायी, कृषक तथा आम नागरिकलाई आकर्षित गर्न र धरानमा सुस्ताएको बजारलाई चलायमान बनाउन एक्स्पोले योगदान पु¥याउने विश्वास आयोजकको रहेको छ । उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, सार्क नेपाल चेम्बरका केन्द्रीय उपाध्यक्ष तथा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाललगायतको उपस्थिति थियो । यसैबीच सोही एक्स्पो समुदघाटनको दौरान पछिल्लो समय नेपालमा निकै रुचाइएको म्युजिकल ब्याण्ड ‘रकहेड्स’ले आज बेलुका आफनो प्रस्तुति दिदैछ ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज फागुन ११ गते देखीसुरु भई आगामी पागुन २३ गते सम्म १३ दिन चल्नेछ । ‘धरान एक्स्पो–२०८०’ मा पहिलो दिन अज धरानका दर्शकमाझ निकै क्रेज रहेको म्युजिकल ब्याण्ड ‘रकहेड्स’ आउन लागेका हुन । नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा लोकप्रिय बन्न सफल ‘रकहेड्स’का ‘रङ्ग’, ‘हजार जन्म’, ‘सिधा कुरा’ लगायतका गीत चर्चित छन । सञ्जय अर्याल, सम्यक लामा, अरुण तण्डुकार र दावा शेर्पा सम्मिलित ‘रकहेड्स’ले हालसम्म बजारमा ४ वटा एल्बम समेत ल्याईसकेका छन । ‘रकहेड्स’ मुख्य आकर्षण रहने एक्स्पोमा बेलुका ६ बजेबाट साङ्गीतिक कार्यक्रम सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन । रकहेड्सलाई स्थानीय कलाकार र समूहले साथ दिने छन भने एक्स्पोको पहिलो दिन बिहानदेखि बेलुका ४ बजेसम्म प्रवेश निशुल्क राखिएको र बेलुका ५ बजेपछि प्रवेश टिकट २०० रुपैयाँ रहेको संयोजक श्रेष्ठले आयोन्युजलाई जानकारी दिए ।

त्यसैगरी एक्स्पो समापन पछि थउ एक दिन फागुन २४ गते प्रसिद्ध नेपाली लोक गायक गङ्गा बरदानको सहयोगका लागि ‘गङ्गा वरदान साँझ’ समेत आयोजना गरिने छ । जहा गायक गङ्गा वरदानलाई आर्थिक सहयोग पु¥याउन एक्स्पोको समापनमा फागुन २४ गते हुनेछ । गङ्गा वरदान सांस्कृतिक साँझ नाम दिईने उक्त कार्यक्रमबाट सङ्कलित सबै रकम गायक वरदानलाई प्रदान गरिनेछ । ‘नेपाली बबमर्ली’ नाममा चर्चित धरानका गायक गङ्गा वरदान जीवनको उत्तरार्धमा कमजोर आर्थिक अवस्थासँग जुझिरहेका छन । ७० वसन्त पार गरेका लोक गायक अहिले पनि धरान–१४ विजयपुरमा डेरा गरी बसेका छन । उनको परिवारमा उनी र श्रीमती गरी दुई जना छन । जीवनभर ठेट नेपाली लोक सङ्गीतलाई आधुनिक गायनमा लोकप्रिय बनाउनमा बिताएका गङ्गा बरदानले पछिल्लो पुस्तका गायक, कलाकारहरूले जस्तो पैसा कमाउन सकेनन भने उनी पैसा कमाउन तिर पनि लागेनन । बरदानले आफ्नो छुट्टै शैलीको गायन प्रस्तुत गर्दै देशका प्रायः सबै जिल्ला पुगेका छन । उनको गायनको लोकप्रियताका कारण प्रस्तुति दिन विदेश भ्रमण पनि गरे पनि पैसाको कुनै कतै बार्गेनिङ नगरेको गायक स्वयमले सुनाए ।

त्यस्तै एक्सपोमा ‘गङ्गा वरदान साँझ’को संयोजक राजीव हलवाईले भने ‘अहिले ढल्किएको उमेरमा उहाँ आर्थिक समस्यामा हुनुहुन्छ । उहालाई आर्थिक सहयोग जुटाउन एक्सपोको समापनको साँझ गङ्गा बरदानको लागि प्रदान गरिएको हो । गङ्गा वरदान साँझबाट सङ्कलित रकम बैङ्कमा उनकै नाममा खाता खोले जम्मा गरिदिने निर्णय भएको छ । बैङ्कमा जम्मा हुने रकमको कमसे कम मासिक १० हजार रुपैयाँ व्याज गायक बरदानले जीवनयापनको खर्च गर्न पाउन भन्ने लक्ष्य राखिएको उनले बताए । धरान एक्स्पोमा कौशीखेतीका फलफूलको बिरुवादेखि बोन्साई सम्मको बिक्रीबितरण हुदै । कोठेवारिमा हुने तरकारीहरू कौसी खेतीमा फलाउने फलफुलका साम्रगीहरु पनि धरानमा आयोजित धरान एक्स्पोमा उपभोक्ताले किन्न पाउने भएका छन ।

सहरी जीवनको अभिन्न अङ्ग बन्दै गएको फ्लोरिकल्चरका स्टलहरूमा फुलका बिरुवा त छदैछ । कौसीमा तरकारी फलाउने सब्जीका बिउहरू पनि सोताङ कृषि फर्मले विक्री वितरण गर्दै आएको छ । देशमै चर्चा कमाएका कृष्ण राईको कृषि फर्मको स्टलमा अग्र्यानिक तरकारी, फलफूल पनि पाइन्छ । बोट, बिरुवा, फुलका सौखिनहरूका लागि घरायसी इण्डोर सजावटका बोन्साई सम्म एक्स्पोमा विक्रीका लागि राखिएका छन । धरान १६ स्थित बुद्ध नर्सरीको बोन्साई स्टलमा ३ दर्जन बोन्साइरुमा ४० वर्ष पुरानो सम्म छन । फ्लोरिकल्चरमा बोन्साई आकर्षणको कुरा बन्न थालेपछि आफुपनि लागेको नर्सरी सञ्चालक रामबहादुर तामाङले बताए ।

निकै मिहिनेत गर्नुपर्ने र समय पनि लामो लाग्ने भएकोले बोन्साईको मूल्य महँगो हुने उनको भनाई छ । नर्सरीको स्टलमा बोन्साई मात्र बिक्रीका लागि राखिएका छन् । राखिएका बोन्साईहरु मध्ये स्वामी र काभ्रोको बोन्साई ४० वर्ष पुगेका छन् । त्यसको मूल्य ५० हजार तोकिएको छ । स्टलमा बरको बोन्साई पनि छ । साथै कामिनी फुल, सिफ्लेटिया, बगानबेलीको बोन्साईहरु पनि छन । ५ वर्ष, १० वर्ष, १५, १८, २५ र ३० वर्ष पुरानो बोन्साईको मूल्य वोन्साईको स्वरूप र समय अनुसार २० देखी ५० हजार रुपया कायम गरिएको तामाङले बताए । बोन्साईको मूल्य निर्धारण रुखको प्रजाति र प्राकृतिक स्वरूपको सुन्दरताबाट हुने गरेको छ । प्रकृतिमा पाइने अजंगका रुख घरको लिभिङ रुमको टेबुलमा सजाइनु हिजोआज प्रकृति प्रेमी हुनुको परिचायक मान्न थालिएको छ । त्यस्तो सजावट कृत्रिम बोट बिरुवाबाट पनि होला । तर बोन्साईको प्राकृतिकपन सँग त्यसको तुलना हुन्न ।