38Shares

“स्वास्थ्य र शिक्षाका लागि खेलकुद ” भन्ने मूल नाराको साथ १२ औँ धरान १० किमी नेवा च्यारिटि रनमा खुला पुरुषतर्फ केन्याली धाबक ट्याग न १८६७ का जुलियस मुरुक्की र महिलातर्फ सशस्त्रकी ट्याग न २००९ कि सन्तोषी श्रेष्ठ प्रथम हुनुभएको छ ।

शनिबार भएको रनमा जुलियसले ३२ मिनेट ५० सेकेण्डमा दौड पुरा गर्दै विजेता बन्नुभएको थियो भने महिलातर्फ सशस्त्रकि श्रेष्ठले ३८ मिनेट ०८ सेकेण्डमा दौड पुरा गर्दै विजेता बन्नुभएको हो । त्यस्तै पुरुषतर्फ ट्याग न १५३२ का प्रशान्त तामाङले ३४ मिनेट ०० सेकेण्डमा दौड पुरा गर्दै दोस्रो र ट्याग न १६८२ का सन्तोष राईले ३४ मिनेट ११ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो हुनुभएको छ ।

त्यसैगरी महिलातर्फ ट्याग न १५७७ कि चेन्बीमाया राईले ४४ मिनेट ०२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो हुनुभयो भने ट्याग न १८४२ कि इन्द्रकला नेम्बाङले ४४ मिनेट २८ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो हुनुभयो । महिला र पुरुष दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरूले क्रमशः नगद ६० हजार, ४० हजार र ३० रुपियाँ पुरस्कार पाउनुभयो । विजेतालाई धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईले लगायतका विभिन्न ब्याक्तित्व एबम बिशिस्ट अतिथिहरुले पुरस्कार प्रदान गर्नुभएको थियो ।

यसैगरी अण्डर १६ उमेर समूहमा पुरुषतर्फ ट्याग न १५१ का तिलक राईले ४० मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै प्रथम,ट्याग न ५५९ का केयमुन भट्टराई ४० मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र ट्याग न ११९ का सुनिल बस्नेतले ४१ मिनेट ३३ सेकेन्डमा निर्धारित दुरि पार गर्दै तेस्रो हुनुभयो । भेट्रान पुरुषतर्फ ट्याग न २८१५ का रेवत दाहालले ३९ मिनेट १५ सेकेन्डमा दुरि पारगर्दै प्रथम ट्याग न २७०३ का कर्मा शेर्पा ४१ मिनेट ४२ सेकेन्डमा दुरि पार गर्दै दोस्रो र ट्याग न २६५६ का प्रबिण राईले निर्धारित दुरि ४४ मिनेट ४८ सेकेन्डमा पार गर्दै तेस्रो हुनुभएको थियो भने भेट्रान महिला तर्फ ट्याग न २४९३ कि जमुना लिम्बु निर्धारित दुरि ५० मिनेट ३६ सेकेन्डमा पार गर्दै प्रथम,ट्याग न २२४१ कि चन्द्रा राईले ५९ मिनेट ४६ सेकेन्डमा दोस्रो र ट्याग न २७२५ कि सोममाया राईले निर्धारित दुरि १ घन्टा १ मिनेट ११ सेकेन्डमा दुरि पार गर्दै तेस्रो भएकी थिईन ।

त्यस्तै सुपेर भेट्रानमा ट्याग न २९६६ कि कृष्णदेबि राईले मिर्धारित दुरि १ घन्टा ५६ मिनेट १ सेकेन्डमा पूरा गर्दै बिजेता बनिन ।त्यसैगरी सोही प्रतियोगितामा वडा अध्यक्ष जनप्रतिनिधिहरु मध्ये वडा न १० का वडा अध्यक्ष ट्याग न २७४२ का बिबेक राईले निर्धारित दुरि १ घन्टा १३ मिनेट ५५ सेकेन्डमा पार गर्दै प्रथम वडा न ३ का वडा अध्यक्ष ट्याग न २७३८ का बिद्या शाक्यले १ घन्टा १३ मिनेट ५७ सेकेन्डमा पार हर्दै दोस्रो र वडा न ९ का वडा अध्यक्ष ट्याग न २७४३ का रुपेश आचार्य समेत सोही समय १ घन्टा १३ मिनेट ५७ सेकेन्डमा नै निर्धारीत दुरि पार गर्दै तेस्रो हुनुभएको थियो । वडा न १९ का वडा अध्यक्ष ट्याग न २७९९ का पदम बहादुर लिम्बुले निर्धारित दुरि १ घन्टा १८ मिनेट ४६ सेकेन्डमा वडा न ५ का वडा अध्यक्ष ट्याग न २७४७ का मन प्रसाद लिम्बुले १ घन्टा ४५ मिनेट ४२ सेकेन्डमा र वडा न २ का वडा अध्यक्ष ट्याग न २७५० का रमेश राईले निर्धारीत दुरि १ घन्टा ४९ मिनेट ३९ सेकेन्डमा पार गरेका थिए ।

प्रतियोगितामा १६ बर्ष मुनि, भेट्रान लगायतका बिधाम प्रथम, दोस्रो र तेस्रो हुने विजेताहरूलाई नगद ७ हजार, ५ हजार र ३ हजार रुपियाँ सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उक्त दौडका अर्का आकर्षक खेल ह्वीलचेयरतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । साथै सुपर भेट्रान विजेता तथा उपविजेताले गिफ्ट भौचर प्राप्त गर्नुभएको थियो ।

धरान रन के को १२ औ संस्करणमा धरानमा वान वे सुरु भएपछि पुतलीलाइनबाट दौड सुरु गरेर पुरानो बजार, पालिका बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, रेडक्रस भवन, अमरहाट, जिरो पोइन्ट, जानकी चौक, स्वस्तिक चौक, मंगलवारे, रत्न चोक, बद्ध चोक, दुर्गा चोक हुँदै पुतली लाइनमा नै समापन भएको थियो । यसैगरी धरान रनमा आएर दौड प्रतियोगितामा यो दोस्रो पटक टाइमिङ चिपको प्रयोग गरेको थियो । करिब २० लाख रुपैयाँ खर्चमा टाइमिङ चिप प्रयोगमा ल्याएको थियो । टाइमिङ चिपको प्रयोग नेपालमा नै पहिलो रहेको धरान रनका अध्यक्ष रोमु राईले बताउनुभयो ।

महिला पुरुष विजेतालाई आयोजक धरान रनले लन्डन हाल्फ म्याराथन इन लन्डनमा सहभागिता गराउने भएको छ । दौड सुरु हुनु भन्दा अगाडि विट्रिस गोर्खा बिग्रेड व्याण्डका ३५ जना टिमले प्रस्तुति दिएको थियो ।  करिब ३ हजार ५ सय धाबकहरुको सहभागीता रहेको उक्त दौड नेपालकै ठूलो दौड प्रतियोगिता रहेको मानिन्छ । त्यस्तै सोही दौडका दौरान धावक धाविकाहरू सहित बिभिन्न कलाकारहरुका साथै स्थानीय जनप्रतिनिधिहरुले समेत भाग लिएका थिए ।