0Shares

सुनसरी जिल्लाको सिमा क्षेत्रमा रहेका सिमा स्तम्भहरुको निरीक्षण तथा अनुगमन गरिएको छ । सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम अन्तरगत यहि फागुन १३ गते सुनसरी जिल्लाको सिमा क्षेत्रमा रहेका सिमा स्तम्भहरुको निरीक्षण तथा अनुगमन गरिएको हो ।

सुनसरीको हरिनगरा गाउँपालिका–७ मा रहेको शसस्त्र प्रहरी बल नेपाल बीओपी घुस्कीको परिसरमा प्रदेश सांसद ईस्राईल मन्सुरी,सुनसरीका प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रदेश प्रमुखहरु तथा सुनसरी जिल्लाका प्रहरी प्रमुख,स्थानीय जनप्रतिनिधिहरु र स्थानियवासीहरुको सहभागितामा सीमा क्षेत्रका समस्या,दैनिक उपभोग्य सामानहरुको किनबेच तथा विविध विषयहरुमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कार्यक्रम पश्चात सिमा स्तम्भहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।