14Shares

सुनसरीको धरानमा जारी धरान एक्स्पो २०८० को आज पा“चौ दिन गायक तथा नायक प्रकास सपुतले आफना प्रस्तुती दिने भएका छन । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको गत फागुन ११ गतेबाट सुरु भएको उक्त‘धरान एक्स्पो–२०८०’को पाँचौं दिनमा आज गायक सपुतले आफ्नो प्रस्तुति दिने आयोजक उद्योण बाणिज्य संघले जनाएको छ ।

सपुत पछिल्लो समय आफना गीतका शब्दका कारण सामाजीक सञ्जालमा निकै चर्चाको पात्र समेत बन्न पुगेका छन । उनका निबै नै चर्चामा आएका दुई गीतहरू ‘गलबन्दी च्यातीयो तिमीले तानेर’ र ‘बोलमाया’ स्थापित गीत हुन । यसका अलाबा सपुतले प्रदेशी–२ नामक नेपाली चलचित्रमा अभिनय समेत गरी नायक समेत बन्न पुगेका छन । गायक सपुत पछिल्लो समय देशमा भन्दा नि बिदेशमा आफ्नो प्रस्तुती दिन व्यस्त रहेका छन ।

गीत संगीत संगै मोडलिङमा जमेका गायक सपुत धरानका दर्शकहरुका लागी यो दोस्रो पटक आफ्नो प्रस्तुती दिन आज धरान आउन लागेको एक्स्पो सम्योजक गोपा श्रेष्ठले जानकारी दिए । धरान एक्स्पोमा रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिई ब्यापारीक गतिबिधि बढाउन लगाईएको उक्त एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क रहेको छ भने बेलुकापख २ सय रुपैयाको टीकट लाग्ने गरेको संयोजक श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरू आउँदा २०० रुपैयाँ टिकट राख्ने गरेका छौँ । एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरूबाट उपस्थित दर्शकहअरुले मनोरञ्जन लिदै आएको आयोजकले जानकारी दिएको छ ।