0Shares

जबसम्म देशको कार्यकारी प्रमुख जनता द्वारा प्रत्यक्ष चुनिने व्यवस्था हुदैन तबसम्म आफनो आन्दोल जारी रहने धरानका मेयर हर्क राज राईले बताएका छन । मंगलबार आफनो जन्मदिनको अबसर समेत पारेर एका बिहान धरान १८ स्थित ग्रीन टी अगाडी साँकेतीक प्रदर्शन गर्ने कार्यको थालनीको क्रममा मेयर राईले यस्तो बताएका हुन ।

उनले नेपालको एक राजनितिक नेता एबम नेकपा एमालेका उपाध्यक्ष संगै पुर्व सभामुख समेत रहीसक्नुभएका स्व नेता सुवासचन्द्र नेम्बाङको चुनावी क्षेत्र ईलामामा आगामी बैशाखमा हुन लागेको उपनिर्वाचनमा आफना सर्मथकहरुलाई चुनावी मैदानमा लडन गरेको अह्वान र बि.स. २०८४ मा हुने निर्वाचनमा जनताद्वारा प्रत्यक्ष चुनिने व्यवस्था गर्न अभियान नै चलाउने उदेश्य रहेकोले पनि यस्तो कार्यको सुरुवात गरेको बताए ।

ईलामका हुने उप–चुनाव एबम २०८४ को चुनाव आउन केही महिना र बर्ष छ तर तपाई आजै बाट किन यस्तो अभियान थालेको भन्ने पत्रकारको प्रश्नमा मेयर राईले आगामी २०८४ को निर्वाचनमा जनता द्वारा प्रत्यक्ष निर्वाचित देशको कार्यकारी प्रमुखको व्यवस्था गर्नेपर्नै नत्र देशले बिकास गर्न नस्क्ने भन्दै सोही कार्यान्यवनको लागी आफु आजैबट साँकेतीक प्रदर्शनमा उपस्थित भएको बताए । उनले भने म मेयर मात्र नभएर एक अभियन्ता पनि हु त्यसैले म बाचुन्जेल यो कार्य गरिरहेने छु । मैले मेरो हरेक कार्य प्राय मंगलबार मेरो जन्मबार पारेर नै गर्ने गरेको पनि उनले खुलासा समेत गरे । मंगलबार अर्थात आफैमा एक मंगल दिन हो त्यसैले मलाई लाग्छ यो दिन गर्ने कार्य सधैभरी मंगलमय नै भईरहन्छ होला मेयर राईले भने ।

सो क्रममा मेयर हर्कराज राई(साम्पाङ)को नेतृत्वसंगै करिब २५÷३० जना समर्थकहरुले हातमा आगामी ०८४ को निर्वाचनमा जनता द्वारा प्रत्यक्ष निर्वाचित देशको कार्यकारी प्रमुखको व्यवस्था गर । आम निर्वाचनमा देशको कार्यकारी प्रमुख जनता द्वारा प्रत्यक्ष चुनिने व्यवस्था गर,वर्तमान प्रतिनिधि सभा समक्ष हाम्रो माग लगायत लेखीएको प्लेकार्ड पनि बोक्दै मौन प्रदर्शन गरेका थिए ।