10Shares

सुनसरीको धरान उपमहानगरपालिका अन्तरगतका कार्यपालिकाको काम कम कुरा बढी भनेजस्तो जनतको काममा चिन्तन कम र जनप्रतिनिहिरुबीचको बादबिबादले युटुव,समाजिक सञ्जालका पेज र लोक हसाई गर्ने ब्यक्तिहरुको लागी सुनको अण्डा प्रमाणित हुदै गएको छ । जसको उदाहरण पटक पटकको कार्यपालिका बैठकको गतिबिधिले नै देखाउने गरेका छन । पछिल्लो उदाहरण मंगलबारको बैठकले नै पुष्टी गरेको छ । मंगलबार बिहान नै नगर सभाअघि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा पनि सदाझै लफडा भयो ।

हरेक बैठकमा बिना कुनै मर्यादा युटुवदेखी फेसबुके र सामाजिक सञ्जाल पेजे पत्रकार र नगन्य मात्रामा आधिकारीक अनलाईनका पत्रकारहरु उपस्थित हुने गरेपनि सबैले मोवाईल पत्रकारीता मार्फत फोटो तथा भिडियो लिने र आफना पेज,पोष्ट र अनलाईहरुलाई अगाडी बढाउने काम गरिरहेको देखन्छि । जसले गर्दा नगरमा भएको सुचना शाखाको गतिबिधिहरु ओझेलमा परेको देखीन्छ । हुन त नगरले गर्ने हरेक गतिबिधिहरु आफना शाखा मार्फत नगर बैठकमा भएका निर्णयदेखी कार्याहरुको बिबरण दिनुपनै कानुनी प्रँबधान छ तर ती प्राबधानको बिनै बैठक बस्दा र ती प्राबधानहरुको वास्दै नगर्दा तथा मेयर हर्क राज राईको आफनै ढीटका कारण यो दृश्यहरुको सृजना भएको सहजै अनुमान लगाउन सकिन्छ ।

मेयर राईलाई कुनै कार्यपालिकामा के अबस्थामा केके मर्यादा पालना गर्नुपर्ने हो त्यो पनि था छ कि छैन त्यो तीनै मेयरले जानुन ।
हुन त धरानको कार्यपालिका बैठकमा लफडा हुनु कुनै नौलो चाहि होईन । आज दिउसो १ बजेको लागी नगरसभा बोलाइएको थियो उक्त नगरसभामा बजेट संशोधनको लागी लगिने प्रस्ताव अनुमोदन गर्न बिहानै ८ बजे बसेको बैठकमा लफडा भएको हो । बैठकमा वडाको बजेट संशोधन गर्न मेयर हर्क साम्पाङले प्रस्ताव पेश गरेका थिए । वडा कार्यालयहरुबाट आएको बजेट संशोधन अर्थात रकमान्तर गर्नेबारे सहमति जुटेपनि उपमेयर संयोजक रहेको बजेट तर्जुमा समितिले विभिन्न बिषयगत समिति मार्फत आएको संशोधनको प्रस्ताव पनि पेश भएको थियो । उक्त प्रस्तावमा भने मेयर साम्पाङले आफुलाई जानकारी नदिई प्रस्ताव ल्याएको भन्दै असहमति जनाएका थिए ।

उनले कार्यपालिका बैठकमा प्रस्ताव आफुमार्फत मात्र आउने भन्दै उक्त रकमान्तरको प्रस्ताव स्वीकार्य नहुने अडान लिए । उपमेयर अइन्द्रबिक्रम बेघाले भने कानुन वमोजिम र प्रक्रिया अनुसार बिषयगत समिति मार्फत आएको प्रस्तावलाई बजेट तर्जुमा समितिले रकमान्तरको प्रस्ताव कार्यपालिकामा निर्णयार्थ ल्याएको बताएका थिए । मेयर साम्पाङले आफुलाई थाहै नदिई बैठकमा प्रस्ताव ल्याउन नपाइने भन्दै डिपिआर शिर्षकको बजेट अन्यत्र लैजान नहुने र मेयर कोषलाई पनि बजेट थप गर्न रकमान्तर गर्नुपर्ने बताएका थिए ।

त्यसक्रममा मेयर, उपमेयर, कार्यपालिका सदस्यहरु बीच आरोप प्रत्यारोप पनि चलेको र चर्काचर्कि नै भएको थियो । वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले मेयर साम्पाङलाई हिटलर र नश्लवादी चरित्र भएको आरोप समेत लगाएका थिए । बैठकको अन्त्यमा वडा नं १५ का अध्यक्ष नरेश इवारमले बजेट रकमान्तर बारे २ वटा प्रस्ताव आएकोले मेयर, उपमेयर, बिषयगत समितिका संयोजकहरु बीच बैठक बसेर सहमति कायम गरेर ल्याउन सुझाव दिएका थिए । उनकै सुझाव वमोजिम सल्लाह गर्ने भन्दै मेयर साम्पाङले बैठक स्थगित गरेका थिए । स्मरण रहोस पटक पटक बैठक बस्ने र बिना कुनै निर्णय सकिने हुनाले ती बैठकमा बैठक भत्ता र चिया खाजा मात्र खर्च हुने गरेको कार्यपालिका सदस्यहरुले नै गुनसो गरेका छन । जुन धराने जनताको लागी धरानको बिकासले फडको मार्ने संकेत भने पटटकै होईन ।