43Shares

सुनसरीको धरान हिजो सोमबार मात्र एक्स्पो चलिरहेकै स्थानमा खुकुरी हानेको केही घन्टा नबित्दै आज मंगलबार पुन अर्को खुकुरी प्रहारको घटना भएको छ । उक्त खुकुरी हनाहानको घाटना एक्स्पो स्थल अगाडि मुल बाटो मोटरसाईकल पार्किङ गरिएको स्थानमा भएको हो ।

एक्स्पो स्थल धरान उपमहानगरपालिका वडा -१६ स्थित रंगशालाको प्राङ्गणमा मंगलबार राती ९ सामान्य बिवाद हुदा धरान १३ बस्ने अन्दाजी १६ बर्षको एन्जल लिम्बु र धरान १६ बस्ने अन्दाजी १६/१७ बर्षको नबिन राईले धरान उपमहानगर १६ बर्ष बस्ने अन्दाजी १७ बर्षको प्रनिससिंह खवास लाई खुकुरी प्रहार गरेको हो ।

उक्त खुकुरी प्रहार बाट खवासको ढाड र टाउकोमा काटिएको छ भने खुकुरी प्रहारबाट घाईते भएका खबासको अवस्था सामान्य रहेको र हाल बोल्न सक्ने) अबस्थामा समेत रहेको प्रहरीले जनाएको छ । घाइते खवासलाई उपचारको लागि धरान उपमहानगर १८ बि.पि.कोईराला स्वास्थ बिज्ञान प्रतिस्ठान पथाईएको छ भने खुकुरी प्रहार गर्ने एन्जल लिम्बू र नवीन राई दुबैलाई इलाका प्रहरी कार्यलय धरानले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।