31Shares

नागरिक उड्यान प्राधिकरणको अध्ययन समितिले एयरपोर्ट निर्माण गर्न उपयुक्त नभएको निष्कर्ष दिएसगै धरानमा एयरपोर्टको नबन्ने देखेर आर्काेशित बनेका धरानका मेयरले सामाजीक सञ्जालमा आफना असन्तृष्टी पोख्दै तल्लो स्तरको भाषाशैलीको प्रयोग गरेपछि संस्कृति पर्यटन तथा नागरीक उडयान मन्त्रीका प्रेस सम्योजक राजन राई (समिप) ले प्रतिकरात्मक शैलीमा सुझाव सहित उनकै भाषा फर्काएका छन ।

प्राधिकरणले हिजो धरानमा एयरपोर्टको सम्भाव्यता अध्ययन गर्न गठिन समितिको निष्कर्ष सार्वजनिक गर्दे उक्त एयरपार्ट बन्न नसक्ने सम्पुर्ण देशबासीमा जनाउदिएपछि धरानका मेयर आर्काेशित हुदै पटक पटक गरी आफनो समाजिक सञ्जाल फेसबुक पेजमा तल्लो स्तरको भाषाशैलीको प्रयोग गरेका थिए । प्राधिकरणको निष्कर्ष सार्वजनिक भएपछि मेयर साम्पाङले आधा दर्जन भन्दा बढी फेसबुक स्टाटस मार्फत मन्त्री किरातीलाई लक्षित गर्दै आक्रोश र गाली समेत गरेका छन ।

हुन त धरानका मेयरले यी र यस्ता शब्दहरु आफना भाषाशैलीमा प्रयोग गरेनन भने उनी चर्चामा आउन साह्रै कठीन समेत हुने सर्बसाधारणहरुको भनाई पनि छ । त्यसैले पनि होला उनी निकै नै अपाच्य शब्दहरु आफना भाषा शैलीमा उतारि नै रहने गरेका छन । धरानका मेयर साम्पाङले एयरपोर्ट नबन्ने पक्का पक्की भएको थाहा पाएपछि आफनो सामाजिक सञ्जाल फेसबुक पेज हर्क साम्पाङ अ रेभुलेसनमा पटक पटक नियम कानुन तथा आफनो पद मर्यादाको समेत धज्जी उडाउदै लेखेका छन, ‘सुदन किराती मन्त्री नै हुन कि पोचा लाउने कुचिकार ? खोई त प्राधिकरणलाई तह लगाको ? कुलको वदनामी ।’ अर्काे स्टाटसमा,‘केही गर्छ कि भनेको ताई न तुईको गफ बाहेक अरु केही गरेन १ मन्त्री भएपछि मन्त्री जस्तो काम गरे पो यस भन्नु राज्यको ढुकुटीको सत्यनाश मात्रै । स्टाटस लेख्ने मसिहा नै मानीने धरानका मेयर साम्पाङले हवाई नीति लक्षित स्टाटस पनि लेखेका छन,जुन निकै नै भाषागद हेर्ने हो भने तल्लो स्तरकै देखिन्छ उनले ‘धरानलाई पछि पार्ने तेरो नियमावली मैले मान्दिनुपर्ने ? टोइलेट पेपर हो त्यो त्यस्तै अर्काे स्टाटसमा,‘गफ मात्रै काम भुत्लो नगर्ने मन्त्रीले कुल कै बेइज्जत गर्छ कि ?

सोही स्टाटसको प्रतिउत्तर दिदै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुधन किराँतीका प्रेस सम्योजक राजन राई (समिप)ले आफनो फेसबुक पेजबाटै धरानका मेयर हर्क साम्पाङलाई सुझाव सहित लेख्नुहुन्छ प्रीय हर्क साम्पाङ तपाईंले हिजो जति घुक्र्याउनु भो, दङ्गाउनु भो, उतानो परेर आलङ्गरी नै खेल्नु भो, छाँती पिट्नु भो, त्यतिबेला तपाईंको माग सम्बोधन गरेकै हो किनकि तपाईंको घुर्काईमा धराने जनताका निम्ति लाभका सुसुप्त आवाज थिए तर अहिले जे कुरामा बालहठ प्रस्तुत गरिरहनु भएको छ त्यो धराने जनताको निम्ति त के राज्यकै निम्ति हानिकारक छ । सम्पुर्ण हिसाबले अवैज्ञानिक ठहरिएको आयोजना सञ्चालन गर्नुभनेको त्यो राज्य दोहन मात्रै हैन राष्ट्रघात पनि हो । त्यतिमात्रै हैन हामी किरातीका सन्तानहरु प्रकृति पुजक र बैज्ञानिक दुबै हौं । मानव सृष्टिको चरणमा पुर्खाले जिवनयापनका निम्ति गरेका हरेक संघर्षरहरु यो युगसम्म आइपुग्दा ठुला–ठुला बैज्ञानिक आविस्कारकारुपमा स्थापित भैसकेका छन । तसर्थ बैज्ञानिक पुर्खाहरुका सन्तान हामी पुस्ताले विज्ञान विरोधी कुरा गर्नु चै पुर्खा माथिको धोका हो । तपाइकै भाषामा भन्ने हो भने पुर्खाको बाटो न हिन्ने सन्तान त्यो भन्दा नालायक र कुलङ्घार कोही हुन सक्तैन । तसर्थ कुरा बुझौं कसैले पनि पुर्खालाई धोका न दिउ ।

यति मात्र नभई मन्त्रीका प्रेस सम्योजक राईले आयोन्युजसंगको टेलीफोन सम्बादमा देशमा अबैज्ञानीक रुपमा बनाएको एयरपोर्ट सञ्चालनमा नआएको छैन धरानको कुरा गर्नुहुन्छ भने धरानमा सिंगल एप्रोचको एयरपोर्ट मात्र बन्न सक्ने सम्भावना हुन्छ । डबल एप्रोचको बनाउदा चिण्डेडाडादेखी भेडेटारको आधि भाग काटनुपर्ने अबस्था आउछ यो त प्राबिधिक कुरा हो नी यसमा पनि धरानका मेयर हर्क साम्पाङले बाल हट प्रयोग गर्नुहुन्छ समाजिक सञ्जालमा गाली गलौज गर्नुहुन्छ । धरानमा एयरपोर्ट बनाउन करोडौ होईन अर्बाे खर्च हुन्छ राज्यले खर्च गरिसकेपछि त्यसको फाईदा के तपाईलाई थाहै छ हाल राज्यको आर्थिक स्थिती के छ जबरजस्ती काम ग¥र्याे भने त यो प्रकारको अधुरो हुने काम पनि त ठुलो नितिगत भ्रष्ट्राचार हुन्छ त्यसैले पनि प्राबिधिक हिसावले अबैज्ञानिक सिद्ध हुनेहुदा मन्त्रीज्युले राज्यलाई धोका दिने कार्य कहिले पनि गर्नुहुन्न भने ।

उता पाँच दिनअघि धरान एक्स्पो २०८० को उद्घाटन गर्न धरान आएका सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले पनि धरानमा एयरपोर्ट नबन्ने संकेत गरेका थिए । त्यतीबेला उनले एयरपोर्ट बनाउनु कुनै टेम्पो कुदाउनु जस्तो होईन भन्दै एयरपोर्ट नबन्ने संकेत गरेतापनि लिडिढिपि कस्ने मेयर साम्पाङ एकहोरो एयरपोर्ट श्रमदानबाट भएपनि बनाउन अभिब्यक्तिहरु पटक पटक दिईनै रहेका थिए र छन पनि । मेयर हर्क साम्पाङले तीब्र दबाब बढाएपछि मन्त्री सुदन किरा“तीले प्राधिकरणलाई अध्ययन गर्न निर्देशन दिएका थिए । उनको निर्देशनपछि प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोली धरान आएर फिल्ड भिजिट पनि गरेको थियो ।

लगतै अध्ययन समितिले धरानमा एयरपोर्ट बनाउदा विद्यमान हवाई निजी २०६३ अनुसार तराई तथा मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलको दुरी कम्तीमा ४० नर्टिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने उल्लेख गरेको छ । यस्तै, आर्थिक विश्लेषण पश्चात सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थिले गर्दा वान वे एप्रोज मात्र सम्भव हुँदा हवाई यातायातको दिर्घकालिन, नियमित र व्यवसायिक सम्भावना नभएको पनि निष्कर्ष छ । यसैगरि, अन्य विविध टेक्निकल तथा अपरेसनल कन्स्ट्रेन्सले गर्दा उक्त ठाउ विमानस्थल बनाउन फिजिवल नरहेको निष्कर्ष पनि अध्ययन समितिले निकालेको प्राधिकरणले सार्वजनिक गरेको छ ।

धरानमा बि.स.२०६० सालतिर एयरपोर्ट बनाउन भन्दै धरान १७ स्थित डाँडा घोपामा यति इन्कर्पोरेट प्रालिले करिब ७ बिघा जग्गा खरिद गरेको थियो । एयरपोर्ट बनाउने र बन्न नसके यतिले किनेकै मुल्यमा जग्गाधनीलाई फिर्ता गर्ने लिखित सम्झौता गरेर जग्गा किनबेच भएको थियो । यतिले एयरपोर्ट बनाउन नसकेपछि जग्गाधनीहरुले जग्गा फिर्ताको माग गर्दै आएको छ ।