0Shares

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सह–प्रवक्तामा बालरोग विशेषज्ञ तथा उपप्रध्यापक डा.अरुणकुमार सिंहलाई नियुक्त गरिएको छ ।बुधबार कायममुकायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीले दुई बर्षका लागि उहाँलाई नियुक्ती गर्नु भएको हो ।

दन्तचिकित्सा तथा शिक्षक कल्याण समाजका अध्यक्ष समेत भइसक्नु भएका डा.सिंह लामो समलयदेखि प्रतिष्ठानको बालरोग बिभागमा सिनियर डाक्टरको रुपमा कार्यरत हुनुहुन्छ । उहालाई प्रवक्ता र पदाधिकारीहरुको निर्देशन र सम्पर्क अनुसार कार्य गर्ने गरि सह–प्रवक्ताको जिम्मेवार दिएको प्रतिष्ठानले जनाएको छ ।

यस अघि सह–प्रबक्ताको रुपमा डा.चुरामणी पोखरेलले काम गदैं आउनु भएको थियो । उहाँको कार्य अवधी सकिएपछि डाक्टर सिंहलाई नियुक्ति गरिएको नबनियुक्त सह–प्रबक्ता डाक्टर सिंहले जानकारी दिनुभएको छ । उता प्रवक्ताको रुपमा प्रतिष्ठानले डा. पारस पोखरेललाई नियुक्ति गरिसकेको छ ।