22Shares

‘कोसी प्रदेश’ नामकरण विरुद्ध धरानमा पहिचानबादीहरुले ¥याली तथा बिरोध प्रदर्शन गरेका छन । उनीहरुले कोसी प्रदेश नामकरणको विरुद्ध सुनसरीको धरानमा बिरोध प्रदर्शन गरेका हुन । बिहिबार कोसी प्रदेशका अधिकांश शहरहरूमा पहिचानवादीहरुले बिरोध प्रर्दशन गर्ने पुर्ब निर्धारित कार्यक्रम अनुसार नै उक्त कार्यक्रम गरेको प्रदेश न १ पुन नामाङकन संयुक्त संघर्ष समितिले जनाएको छ ।

धरान उपमहानगर १ छाताचोक स्थित पुरानो अस्पतालको मुलगेट बाट दिउसो साढे २ बजेबाट सुरु गरेको उक्त बिरोध ¥याली धरानको भानुचौक पुगेर कोण सभामा परिणत भएको थियो । जहा उनीहरुले ‘कोसी प्रदेश’ खारेजको मागसहित पहिचान पक्षधर संघसंस्थाहरुले बिरोध प्रदर्शन गरेका हुन । सो क्रममा पहिचानबादीहरुले फागुन १७ गतेलाई कालो दिनको रुपमा मनाउदै उक्त बिरोध ¥याीमा बिभिन्न नाराहरु समेत लगाएको थिए ।

उनीहरुले टाउको र हातमा कालो पट्टी बाधि कोशि प्रदेश खारेज गर,कोशी प्रदेशलाई पुन नामाङकन गर,ऐतिहासिक पृष्ठभुमिको आधारमा लिम्बुवान किरात प्रदेश नामाङकन गर,पहिचानको आधारमा प्रदेश न १ को पुनः नामाङकन गर,पहिचान बिरोधि होसियार,हाम्रो आन्दोलन जारी छ,कोशी प्रदेश मुर्दावाद, सहिद पदमकुमार लाजेहाङ अमर रहुन जस्ता नाराहरु लगाएका थिए ।

प्रदर्शनको क्रममा प्रदेश नं १ को नाम पहिचानका आधारमा राखिनुपर्ने माग दोर्होयाउदै आएका पहिचानवादी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो । उनीहरूले कोशी खारेज गरेर पहिचानसहितको सङ्घीयताको मर्मअनुरूप नाम राखिनुपर्ने उनीहरुको माग थियो । कार्यक्रममा प्रदेश न १ पुन नामाङकन संयुक्त संघर्ष समितिको आयोजनामा गरिएको थियो भने उक्त समितिमा आबद्ध जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लावतीको नेतृत्व र,राष्ट्रिय जनमुक्ति पार्टी नेपाल केन्द्रिय अध्यक्ष केपी पालुङवा,किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष मोहन हुक्पाचोङबाङ,किरात राई यायोक्खा जिल्ला अध्यक्ष राजेन्द्र राई,खम्बुवान साझा पार्टीका केन्द्रिय अध्यक्ष भुपि कोयु राई,संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च संघिय महासचिव भुपेन्द्र सुन्दर लावती,नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सह–सचीव अमर इजम,मंगोल नेशनल अर्गनाइजेसन धरान नगर सदस्य सृजना बेघा लगायत सयौको सहभागितामा रहेको थियो ।

बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लावतीले अब आदिवासीहरु एक ठाउँ हुनुको अर्को विकल्प नरहेको बताए । ‘हामी यहा खेलाचीँ गर्न उभिएका हैनौं । उनले पहिचान र सभ्यताको आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्नु जातीय भएको आरोपको खण्डन गरेका छन भने उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले गुमेको अधिकार फिर्ता पाइछोड्ने उक्त कोण सभामा पहिचान विरोधी सांसदहरूको पुत्ला दहन समेत गरेका थिए भने त्यस पश्चात कोण सभामा बोल्दै ८२ सांसद हरू जहा भेटयो तेहि ठाउँमा कालोमोसो दल्ने,सांसदलाई सदन भित्र थुनेर राख्न,कोशि नाम कदापि नमान्ने,पुन नामाङकको लागि आफ्नो ज्यानको बलिदिन समेत दिन पछाडि नहट्ने,प्रतेक फागुन १७ गतेलाई हामीले कालो दिनको रूपमा मनाउने जिकिर गरेका थिए ।

पहिचानवादी आन्दोलनको प्रारम्भ सन १९७० को दशकबाट भएको देखिन्छ भने नेपालको सन्दर्भमा पहिचानको लागि लामो समयदेखि आन्दोनलनहरू हुँदै आएको पाइन्छ । यी आन्दोलनहरू कहिले राजनीतिक, कहिले भाषिक र कहिले सांस्कृतिक आयामहरुको रुपमा भएको पाईन्छ ।