0Shares

सुनसरीको धरानमा जारी धरान एक्स्पोलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालबाट अफवाहपूर्ण सूचना सम्प्रेसित गरेको प्रती आयोजक सुनसरी उद्योग वाणिज्य संघले आफ्नो ध्यानआकर्षण सगै आपत्ति जनाएको छ ।

संघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट प्रेसित सूचना भ्रामक रहेकाले सजग रहनसमेत अपिल गरेको छ । ‘धरान एक्स्पोमा हालसम्म कुनै दुर्घटना नभएको जानकारी गराउँन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ भने ‘यस्ता भ्रामक समाचार प्रति हाम्रो गम्भिर आपत्ति रहेको समेत आयोजक उद्योग बाणिज्य संघले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

आयोजकले एक्स्पोमा कुनै अप्रिय घटना नभएको जानकारी दिँदै एक्स्पोमा मनोरञ्जन लिन ढुक्क भएर सहभागी हुन अनुरोध गरेको छ । बुधबार धरान एक्स्पोमा रमिता हेर्न गएका पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका एक विद्यार्थीको हातको औँला रोटे पिङले चुडाइदिएको भ्रामक समाचार र फेसबुक पोस्ट सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तर विद्यार्थी नेता प्रमोद भट्टराईले उक्त घटना धरान एक्स्पोमा नभई अन्य ठाउँमा भएको बताए । उनले भने, ‘क्याम्पस भित्र रहेको मेकानिकल ब्लक नजिकै घुम्ने मेसिन चलाउँदै गर्दा करिब ५ बजे उक्त घटना भएको हो । धरानको व्यापार, व्यवसाय तथा उपभोक्ता बजारमा नयाँ चहल पहल ल्याउने विश्वासका साथ फागुन १३ गतेबाट धरान एक्सपो सुरु गरिएको हो ।

एक्सपोमा स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाका उत्पादनहरूलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि रखिएको छ ।संघले विगत केही वर्षदेखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेको परिस्थितिलाई मध्यनजर गर्नुका साथै धरानका उद्योगी व्यवसायीहरुको व्यापार प्रवर्द्धन गर्ने उद्देश्य लिएर सुनसरी उद्योग वाणिज्य संघले “पर्यटन, कृषि, सुचना, प्रविधि, कला, संस्कृति, शिक्षा तथा औद्योगिक व्यापार प्रदर्शनी” का लागि धरान एक्स्पो २०८० यही मिति २०८० फाल्गुण ११ गते देखी २३ गते सम्म आयोजना गरिएको स्पष्ट पारेको छ ।

सुनसरी उद्योग वाणिज्य संघका महासचिव एवम् धरान एक्स्पो २०८० मूल समितिका सदस्य सचिब महेन्द्र प्रधानद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा एक्स्पो सरल र सहजरुपमा सञ्चालन भैरहेको एक्स्पोमा अनावश्यक टिका टिप्पणी र भ्रामक समाचार कुनै पनी माध्ययमा सम्प्रेषण नगरि दिन हुन सम्बन्धित सबैमा सचेत गराउदै उक्त घटनाको वास्तविकता नरहेको हुदा निर्धक्क रुपमा एक्स्पोमा सहभागी हुन सम्पूणमा हामी अनुरोध गरेतापनी एक्स्पो सुरु भएपछिका दिनहरुमा भने सोमबार राती एक्स्पो स्थलमा धरान १७ का युबाहरुबिच खुकुरी हानाहन भएको थियो भने त्यस्कै भोलि पल्ट मंगलबार समेत एक्स्पो मुल गेट आगाडी सडकमा धरान १६ का युबाहरुबिच खुकुरी हानहान भएको थियो ।