105Shares

“मधेसी समाजको एउटै कल्पना एक सेवा समाज बनाउने चाहना”भन्न्ने मुल नाराका साथ मधेसी सेवा समाजको तेस्रो साधरण सभा सम्पन्न भएको छ ।

मधेसी समुदायको हकहीत तथा उत्थानका लागी बि.स. २०७८ सालमा सुनसरीको धरानमा स्थापना भएको मधेसी सेवा समाज सुनसरी जिल्ला कार्यसमतिको तेस्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको हो ।सुनसरीको धरान उपमहानगर १२ स्थित पब्लिक मा.बि.को सभाहलमा  मधेसी  सेवा समाज (मसेस) को तेस्रो बार्षिक साधारणले नयाँ नेतृत्व समेत गठन गरेको छ ।

जहाँ अध्यक्षमा महेन्द्र दत्त कायस्थ, उपाध्यक्षमा उपेन्द्र प्रसाद शाह,सचिवमा डा.श्रीराम शाह, सह सचीवमा मनोज शाह हलुवाई,कोषअध्यक्षमा पुष्पा जयसवाल रहेकि छिन भने अन्य सदस्यहरुमा डा. प्रीति शाह,मन्जु जैसवाल, रेखा शाह,पर्मेश्वर शाह,राज कुमार अग्रहरी,चन्चल शाह,गौरी शंकर ठाकुर र सुरेश कुमार यादब चयन भएका छन । त्यस्तै छट पुजा समिती सम्योजकमा रबि शाह,बोलबम सेवा समितीमा बद्री शाह,युबा उपसमितीमा दिपक अग्रहरी,महिला उपसितीमा रेखा शाह तथा सन्चार सम्योजकमा भरत राज शर्मा सर्बसम्मत चयन भएको छ भने कानुनी सल्लाहकारमा अधिब्क्ता रबिन्द्र भगत,सल्लाहकार समितीको सम्योजक शिव नारायण शाह चयन भएका छन ।

उक्त समितिले पुन विभिन्न ७ जातिएहरुबाट प्रनिधित्ब हुने गरि थप ७ जनाको समितीमा समेत निर्माण गर्ने समाजका अध्यक्ष महेन्द्र दत्त कायस्थले जानकारी दिए । सोही कार्यक्रममा मधेसी सेवा समाज धरानका अध्यक्ष महेन्द्र दत्तले  ०८०/०८१ को आर्थिक बर्षको आय ब्ययको बिवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा आफ्ना मन्तव्य राख्दै कलवार समाज प्रतिनिधि उदयचन्द्र भगतले मधेसी समाजमा भएका दाइजो प्रथा र छोरिलाई शिक्षा बाट बन्चित गर्ने गरेको प्रथालाई हटाउनु पर्ने त्यसको लागी हामी धरानमा रहेको मधेसी समाज एक हुनुपर्ने बताएका थिए।

त्यस्तै कार्यक्रमका प्रमुख अथिति समेत रहेका मधेशी आयोगका केन्द्रिय अध्यक्ष माननिय श्री डा. बिजय कुमार दत्तले प्राचीन कालमा मधेसीहरुको इतिहास सर्बश्रेस्ठ रहेक बताए ।

दत्तले मधेसीको इतिहासबारे प्रस्ट्याउदै मधेसी सबै जातिको इतिहास भएको बताउनुभयो । मधेसी सेवा समाजले सबै नेपाली जातियहरुलाई समेटेर लगेकोमा खुसी ब्यक्त गर्दै दत्तले अबको दिनमा यो समाज ७७ बटै जिल्लामा जाने प्रयासमा रहेको बताउनुभयो । दत्तले नेपालको  इतिहासमा मधेसीहरुको योगदान बताउदै मधेसी आयोगको तथ्यांक हेर्ने हो भने १५० जात मधेसी अन्तरगत पर्ने बताउनुभयो । एक अर्को प्रशङ्गमा दत्तले नेपाल सरकारको जागीरमा कुन कुन निकायमा कति संख्या छ भन्ने कुरा पनि मधेसी आयोगले तथ्यांक निकालेको,मधेसी समाजमा भएका बिकृति,बिसंगतीहरुलाई निति नियम बनाई मधेसी  आयोगले काम गर्दै जाने कुरा ब्याक्त गरेको थिए ।

उता मधेसी सेवा समाजका अध्यक्ष महेन्द्र दत्त कायस्थले समाजलाई थप ब्यवस्थीत तथा कार्यप्रगति तिर लानका लागी साधारण सभा सम्पन्न गरिएको जानकारी दिए। उनले सुनसरीमा मधेशी सेवा समाजले अबको दिनमा आफना समुदाय प्रति सम्बेदनशिल भएको र समाजलाई थप ब्यवस्थित रुपमा अगाडी बढाउने समेत बताए ।

त्यस्तै कार्यक्रममा बिशिस्ट अतिथिहरु धरान उच्चका सह प्रध्यापक शिब नारायण शाह,पब्लिक उच्च मा बि.का प्रधानाध्यापक डा. ईन्द्र मोहन झा,महेन्द्र बहुमुखी क्याम्पस धरानका प्राध्यापक अशोक झा लगायतले सुभकमना मन्यत्ब्य राखेका थिए भने कार्यक्रमको अन्तमा उपस्तिथित अतिथिहरुलाई मायाको चिनो प्रदान समेत प्रदान गरिएको थियो ।