195Shares

सुनसरीमा झुण्डिएको अबस्थामा एक ब्यक्ति मृत फेला परेको छ । धरान ६ पानवारि स्थित आसरा सुधार केन्द्रमा उपचाररत रहेक एक ब्यक्ति आईतवार राती ३ बजेको समयमा झुन्डिएको अबस्थामा फेला परेका हुन ।

आसरा सुधार केन्द्र धरानको दर्ता नं. ८५ मा भर्ना भई उपचाररत रहेका झापा गौरीगंज गाउँपालिका वडा नं. ०२ बस्ने ठाकुर प्रसाद निरौलाका २० बर्षिया छोरा गोपाल निरौला केन्द्रको मुल भवनको तेस्रो तलाबाट छतमा जाने भऱ्याङ् माथिको टिनको छानाको ट्रसमा गाम्छा कपडाको पासो लगाई झुण्डिई अबस्थामा फेला परेको हो ।

राती कुन समयमा के कति कारणले झुन्डिएको हो भन्नेबारे अनुसन्धान थालिएको स्थानीय प्रहरीले जनाएको छ । हुन त आसरा सुधार केन्द्र आफैमा पनि एक संबेदनसिल मानिन्न्छ त सोहि स्थानमा एसप्रकारको घटना हुनु केन्द्र प्रतीपनि प्रश्न चिन्ह खडा गरेको छ ।