25Shares

सुनसरीको धरानमा शनिबारबाट सुरु भएको २४ औ बुढासुब्बा टुबोर्ग गोल्डकप २०८० मा आयोजक धरान फुटबल क्लबले बिजयी सुरुवात गरेको छ ।

प्रस्तावित क्षेत्रीय रंगशाला धरान १६ मा शनिबार दिउँसो ३ बजेर ५० मिनेटमा सुरु भएको समुदघाटन खेलमा धरान फुटबल क्लबले युनाईटेड खर्शयाङ्ग फुटवल क्लब भारत (युके एफसी) लाई सडनडेथमा १०-९ गोल अन्तरले हराउदै बिजय सुरुवात गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फबाट १-१ गोलको बराबरिमा खेल सकिएपछी खेल ट्राईबेकर हुँदै सडन डेथमा पुगेको थियो । आयोजक धरान फुटबल क्लबले २४ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ । पाहुना टोली युके एफसी भारतलाई सडेन डेथमा पराजित गर्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ५९ औं मिनेटमा धरानका मिलन राईले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा युके एफसी का नयन प्रधानले गोल फर्काए । निर्धारित ९० मिनेटमा दुवै टिमले एक–एकको बराबरी गरेपछि पेनाल्टी सुट आउटबाट निर्णय लिइएको हो । पेनाल्टीमा पनि ५-५ को बराबरी भएपछि खेल सडेन डेथमा पुगेको हो । सडेन डेथमा धरान १०-९ ले विजयी भएको हो ।

फोटो : राजेश शाक्य

सो क्रममा धरान फुटबल क्लबका जर्सी न १२ का मिलन राईले दोस्रो हाफको १३ औ मिनेटमा आफ्नो टिमको लागी पहिलो गोलको खाता खोलेका थिए । भने खेल दोस्रो हाफको २८ औ मिनेटमा नै युनाईटेड खर्शाङ्ग भारतका जर्सी न २३ का नयन प्रधानले १ गोल फर्काउदै खेल बराबरीमा पुर्याउएका थिए । त्यस्पछीको खेलको ३० औ मिनेटमा युनाईटेड खर्शायाङ्ग भारतका जर्सी न ६ का बिरेन प्रधानले डि बक्समा लगाएको पेनाल्टीमा धरानका जर्सी न १२ का मिलन राईले सदुपयोग गर्न नसक्दा धरान निर्धारित समयमा नै जित निकाल्न सकेको थिएन भने निरास समेत बन्न पुगेको थियो ।

फोटो : राजेश शाक्य

तर पछि पुन सडन डेथमा धरानले बिजय हात पार्न सफल बन्यो । जहाँ धरानका तर्फबाट जर्सी न ८ का दोर्जे तामाङ्ग ,जर्सी न २४ का बिजय राई,जर्सी न १३ का अनिल राई १ गोल,जर्सि न ९ का इन्सन राई,जर्सी न ३० का सुगम जिमि,जर्सी ५ का प्रबिन भुजेल , त्यस्तै गोल किपर जर्सी न २० का सचिन श्रेष्ठले, जर्सी न ३७ का रिबस मास्के,जर्सि न १२ का मिलान राईले १/१ गोल गरेका थिए भने जर्सी न ३ का रोमन लिम्बूले हानेको प्रहार भारतका गोल किपरले रोकेका थिए ।

त्यस्तैगरी भारतको तर्फबाट जर्सि न ८ का प्रशान्त राईको किपरले रोकेपछि गोल भएन भने जर्सि न १४ का सत्यम क्षेत्री,जर्सी न १२ का वान्छेङ्ग तामाङ्ग,जर्सी न १७ का सिधाान्त क्षेत्री, जर्सी २९ का दिवाकर चौधरी,जर्सि न २३ का नयम प्रधान,जर्सी २७ राहुल बर्मनको जर्सी न १८ का सचिन थापा,जर्सी न ६ का बिरेन प्रधान, भारतका किपर जर्सी न ३१ का रुपक कोयाले गोल गर्न सफल भए भने जर्सी न १६ का का एन्थोनि क्षेरीले हानेको गोल धरानला किपरले रोकेपछि खेल सदन डेथमा १०-९ गोल अन्तरले भारतको अन्तिम हार हुन पुगेको थियो ।

आज शनिबारको खेलको म्यान अफ द म्याच धरान फुटबल क्लबका जर्सी न २० का सचिन श्रेष्ठ घोषित भए भने श्रेष्ठले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन । भोलि आईतबारको दोस्रो क्वाटरफाईनल खेल एन आर टि क्लब काठमाडौ र त्रिभुवन आर्मी क्लब काठमाडौका बिच दिउँसो २ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ ।