165Shares

मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा सुनसरीको धरान ६ पानबारीमा शतबार्षिकी पानबारी महोत्सव तथा भलिबल प्रतियोगीता शनिबारबाट शुरु भएको छ । उक्त शतबार्षिकी पानबारी महोत्सवसंगै भलिबल प्रतियोगीताको कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले एक समारोहबीच समुदघाटन गरेका थिए ।

उक्त समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपनि अबदेखि पानबारी भन्ने औपचारिक रुपमा घोषणा गरेका थिए । पुरानो नाम पानबारी भएपनि कसैले पानमारा, कसैले पानवारी भन्ने गरेको थियो । अबदेखि भने बोलीचाली र कागजपत्रहरुमा पानबारी मात्र भनिने, लेखिने उनले बताए । महोत्सवस्थलमा पानबारीको पहिचान झल्काउने पानको स्टल पनि राखिएको छ । किंबदन्ती अनुसार उहिल्यै माथिल्लो पहाडी क्षेत्रको राजारानी भन्ने ठाउँमा दरबार थियो । तलको समथल भुभाग ९हालको पानबारीमा पानको खेती हुने र त्यहाँको पान राजालाई औधी मन पथ्र्यो ।

पानको खेती भएको उक्त क्षेत्रलाई नै पानबारी भनिएको किंबदन्ती छ । कृषियोग्य जमिन भएको पानबारीमा अहिले भने पानको खेती हुन छोडेको छ । विकास र सहरीकरणको चपेटामा परेको पानबारीको केही क्षेत्रमा अहिले पनि धान खेती हुन्छ । यहाँको पानमारा ब्राण्डको मन्सुली चामल देशभर प्रख्यात छ । यहाँ उखु खेती पनि हुनेगर्छ । महोत्सवमा पानको स्टलसँगै उखु, चामल, गुन्द्रक, किनिमालगायत स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तुहरुको स्टल पनि राखिएको छ ।

महोत्सवसंगै शनिबारदेखि छैटौ पानबारी भलिवल कप पनि शुरु भएको छ । सयपत्री ब्वाइज युनियन क्लबको आयोजनामा उक्त भलिवल कप पनि शुरु भएको हो । फागुन २६ गतेबाट चैत्र २ गते सम्म चल्ने उक्त महोत्सवस्थलमा रस्सीतान, रोटेपिङ, ड्रागन, नाउ जस्ता मनोरञ्जनका साधनहरुको मजा लिनुका साथै प्रत्येक साँझ सांगीतिक कार्यक्रम समेत हेर्न सकिने आयोजकले जनाएको छ । महोत्सव सुरु हुनु अघि बिहान ११ बजेबाट पानबारिको इतिहासलाई थप उजागर गर्न र अझ धेरै चिनारी गराउने उदेश्यले सेहरा खोला पुलदेखि कार्यक्रम स्थल सम्म ¥याली तथा झाकी समेत निकालिएको थियो ।

सयपत्री व्याइज युनियन क्लबको आयोजना र ६ नम्बर वडा कार्यालय धरानको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रम सयपत्री व्याइज युनियनका अध्यक्ष यसबजंग रुम्दालीको नेतृत्वमा धरान वडा नं ६ का अध्यक्ष भूपेन्द्र भट्टराई तथा धरानका बिभिन्न राजनीति दलकहरुका प्रतिनिधिहरु स्थानीय वासिन्दा,विभित्र संघ संस्थाका प्रतिनिधिहरू वडा नं ६ भित्रका विद्यालयका शिक्षक, शिक्षिका विद्यार्थीहरु लगाएतका हजारौकोे उपस्थितिमा आ आफ्नो पहिचान झल्काउने भेषभुसा, सहति झाकी तथा ¥याली प्रदर्शन समेत गरिएको थियो । उक्त ¥र्यालि सेहरा खोलबाट सुरु भई मिलन चोक,सयपत्रि चोक,सरस्वती चोक हुदै कार्यक्रम स्थलमा पुगी समापन भएको थियो ।