35Shares

धरान फुटवल क्लबले आयोजना गरेको २४ औ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज एन आर टि क्लब काठमाडौ र त्रिभुवन आर्मी क्लब काठमाडौ भिडदैछ । उक्त खेल धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा दिउसो २ बजेर २० मिनेटमा सुरु हुने आयोजकले जनाएको छ ।

आजको खेलको बिजेता पनि सेमिफाइनलमा प्रवेश गर्ने छ । शनिबार भएको उद्घाटन खेलमा आयोजक धरान फुटवल क्लबले युनाईटेड खर्शयाङ्ग फुटवल क्लब भारत (युके एफसी) लाई सडनडेथमा १०-९ गोल अन्तरले पराजित गरेको थियो । अब सेमिफाइनल प्रवेशका लागि आयोजक धरान फुटवल क्लबले आउदो फागुन २८ गते सोमबार नेपाल पुलीस क्लब र मोरङ फुटवल संघ बीचमा जो बिजेता बन्नेछ सोही टोलीसँग खेल्ने छ ।

प्रतियोगितामा ए डिभिजनका न्युरोड टिम एनआरटी,नेपाल पुलिस, त्रिभुवन आर्मी र चर्च ब्वाईज युनाईटेड काठमाडौ,काकडभिटटा टे«निङ सेन्टर काकडभिटटा, मोरङ फुटवल संघ, युनाईटेड खर्शयाङ्ग फुटवल क्लब (युके एफसी) भारत र धरान फुटवल क्लब गरी ८ वटा टिम सहभागी छन ।

विजेता टिमले १० लाख र दोस्रो हुनेले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन त्यस्तै उत्कृष्ट खेलाडीलाई १ लाख र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिड फिल्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार र सर्वाधिक गोलकर्तालाई ३५ हजार प्रदान गरीने आयोजकले जनाएको छ । फाइनल खेल सोही रंगशालामा हुनेछन । आउदो चैत्र ३ गते हुनेछ ।