19Shares

नेपाल पुलिस क्लबलाई हराउदै मोरङ जिल्ला फुटबल संघ २४औ बुढा सुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फोटो : राजेश शाक्य

सुनसरीको धरानमा जारी २४ औ बुढासुब्बा टुबोर्ग गोल्डकप २०८० को सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई मोरङ जिल्ला फुटबल संघले ३-० गोलले हराउँदै उक्त गोल्डकपमा सेमिफाइनल यात्रा तय गरेको हो।

फोटो : राजेश शाक्य

प्रस्तावित क्षेत्रीय रंगशाला धरान १६ मा आज भएको निर्धारित ९० मिनेटको खेलमा मोरङ जिल्ला फुटबल संघका जर्सी न ५ का महेन्द्र कार्किले खेलको दोस्रो हाफको २५ औ मिनेटमा १ गोल गरेका थिए भने खेलको ३५ औ मिनेटमा मोरङका जर्सी न ८ का उमेश कार्कीले थप १ गोल गरेका थिए । जहाँ नेपाल पुलिसका जर्सि न ५ का मान बहादुर परियारले मोरङका जर्सी न ७ का मौसम लिम्बुलाई डि बक्समा लडाएपाछी मोरङले पेनाल्टी हान्ने अबसर पायो र सोही पेनाल्टीको सदुपयोग गर्दै मोरङ्गका जर्सी न ८ का उमेश कार्कीले गोल गर्दै थप १ गोल गरेका थिए त्यस्तै खेलको इन्जुरी समयमा मोरङका जर्सी न ११ का सुशील राईले तेस्रो १ गोल थप्दै आफ्नो टिमको जित सुनिश्चित गरेका थिए ।

आजको खेलको म्यान अफ द म्याच मोरङ जिल्ला फुटबल संघका जर्सी न ८ का उमेश कार्की घोषित भए भने कार्कीले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन ।

फोटो : राजेश शाक्य

भोलिको चौथो तथा अन्तिम क्वाटर फाईनल खेल चर्च ब्वाईज उनाईडेट् क्लब र काकडभिट्टा ट्रेनिङ सेन्टर झापाका बिच दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।