0Shares

धरानका मेयर हर्क राज राईको कार्यशैलीका कारण धरानमा हरेक महिना केही न केही चर्चा चलरिहेकै बेला कार्यकारी प्रमुख जनताबाट चुनीनुपर्ने भन्दै सांकेतिक प्रर्दशन सुरु गरेको छ । उक्त सांकेतिक प्रर्दशन भने बिहानै साढे ७ बजे गरेका हुन । मेयर राईले आफनो जन्मबार मंगलबारकै दिन पारी गएको तिन हप्ता अघिबाट हरेक मंगलबार उक्त सांकेतिक प्रर्दशन स्वरुप उक्त कार्य गर्दे आएका छन ।

सोही कार्यक्रम अनुसार मंगलबार सुनसरी धरान उपमहानगर १६ स्थित धरान रंगशाला बाट उक्त सांकेतिक प्रर्दशन सुरु गर्दे धरान १३ स्थित जानकी चोक पुगेको थियो । धरान उप महानगरपालिकाका मेयर हर्कराज राईले सो क्रममा पत्रकारहरुसंगको प्रतिक्रिया दिदै प्रत्येक मंगलबारलाई जनमत बार स्वरुप देशको कार्यकारिणी प्रमुख जनता बाट निर्वाचित हुनुपर्ने सांकेतिक प्रदर्शन अनुरुप आज तेस्रो पटक यो कार्यक्रम गरेका र जबसम्म देशमा जनताबाट निर्वाचित प्रत्येक्ष कार्यकारी प्रणली लागु हुदैन तब सम्म यो अभियान चलाईरहने बताए ।

उनले आउदो २०८४ को आम निर्वाचनमा देशको कार्यकारी प्रमुख जनता द्वारा प्रत्यक्ष चुनिने व्यवस्था हुनुपर्छ अनी मात्र देशले बिकास गर्छ उनले भने । उनले प्रदर्शन गर्नुको एउटै मात्र कारण देशमा स्थिर सरकार हुनुपर्ने त्यसको लागी प्रत्येक्ष कार्यकारी प्रमुख हुनुपर्ने ,स्थिर सरकार नभएकोले नै अहिले यो देशको गति यस्तो भएको हो भने । उनले हाम्रो देशमा राजनैतिक नगरेर यस्तो स्थिति आएकोले अब युवाहरू पनि राजनीतिमा लाग्नुपर्ने बताए ।

उनले देशमा सम्भवत यस्तो गरेको जनप्रतिनिधिहरु मध्ये आफु मात्र एक नमुना भएको प्रतिक्रिया दिएका थिए । सो सांकेतिक प्रर्दशनको क्रामा उनका केही सर्मथकहरुले प्लेकार्ड बोकि मौन प्रदर्शन गर्दै समेत गरेका थिए । उनीहरुलेले बोकेको प्लेकार्डमा आगामी २०८४ को निर्वाचनमा जनता द्वारा प्रत्यक्ष निर्वाचित देशको कार्यकारी प्रमुखको व्यवस्था गर । आम निर्वाचनमा देशको कार्यकारी प्रमुख जनता द्वारा प्रत्यक्ष चुनिने व्यवस्था गर जस्ता नारा लेखिएको थियो ।