30Shares

धरान फुटवल क्लबले आयोजना गरेको २४ औ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज चर्च ब्वाईज युनाईटेड क्लब काठमाडौ र काकडभिटटा टे«निङ सेन्टर भिडदैछ । उक्त खेल धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा दिउसो ३ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । आजको हुने अन्तीम ब्वाटर फाईनल खेलका बिजेता पनि सेमिफाइनलमा प्रवेश गर्नेछ ।

हिजो सोमबार भएको तेश्रो ब्वाटर फाइनल खेलमा मोरङ फुटवल संघले बिभागीय टोली नेपाल पुलीस क्लबलाई ३(० गोल अन्तरले हराउदै सेमिफाइनल यात्रा तय गरिसकेको छ । प्रतियोगितामा ए डिभिजनका न्युरोड टिम एनआरटी,नेपाल पुलिस, त्रिभुवन आर्मी र चर्च ब्वाईज युनाईटेड काठमाडौ,काकडभिटटा टे«निङ सेन्टर काकडभिटटा, मोरङ फुटवल संघ, युनाईटेड खर्शयाङ्ग फुटवल क्लब (युके एफसी) भारत र धरान फुटवल क्लब गरी ८ वटा टिम सहभागी छन ।

विजेता टिमले १० लाख र दोस्रो हुनेले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन त्यस्तै उत्कृष्ट खेलाडीलाई १ लाख र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिड फिल्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार र सर्वाधिक गोलकर्तालाई ३५ हजार प्रदान गरीने आयोजकले जनाएको छ । फाइनल खेल सोही रंगशालामा आउदो चैत्र ३ गते हुनेछ ।