1Shares

आयोजक धरान फुटबल क्लबलाई ट्राईब्रेकरमा ५-४ गोल अन्तरले हराउदै सङ्गग्रीला मोरङ फुटबल संघ धरानमा जारी २४ औ बुढासुब्बा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ।

फोटो : राजेश शाक्य

प्रस्तावित क्षेत्रीय रंगशाला धरान १६ मा आज बुधबार भएको निर्धारित ९० मिनेटको खेलमा दुबैतर्फ बरबरी भएपछि उक्त खेलको निर्णय ट्राईब्रेकर मार्फत लिईएको थियो । आयोजक समेत रहेका धरान फुटबल क्लबले गोल गर्ने निकै नै मौका पाएपनि गोल गर्न भने सकेन र अन्ततः ट्राईब्रेकरमा पराजित हुन पुग्यो ।

फोटो : राजेश शाक्य

खेलको पहिलो हाफको ३३ औ मिनेटमा जर्सी न ५ का प्रबिण भुजेलले दोस्रो पहेलो कार्ड खादै मैदान बहिर निस्केपछि धरानको खेल १० खेलाडीमा सिमित हुन पुगेको थियो । धरान १० खेलाडीमा सिमित भएरपनि मोरङलाई निकै नै दबाबमा राख्दा समेत हराउन भने सकेन।

फोटो : राजेश शाक्य

उक्त ट्राईब्रेकरमा सङ्ग्रीला मोरङ फुटबल संघको जितका लागि जर्सी न १६ का सुमोन लिम्बू, जर्सि न १२का धिरेन क्षेत्र, जर्सी न ९ का आदित्य शाक्य,जर्सि न २ का सागर तिरुवा र जर्सी न ३ का क्याप्टेन अशोक खवास १/१ गोल गर्दै बिजय भए । उता आयोजक धरानको तर्फबाट जर्सि न ८ का दोर्जे तामाङ,जर्सी न २४ बिजय राई, जर्सी न १३ का अनिल राई, जर्सी न ३० का सुगम जिमिले १/१ गोल गरेभने जर्सी न १४ का मिलन लिम्बुले गरेको प्रहार मोरङका गोल किपर जर्सि न २० का पुर्ण चेम्जोङले रोकेका थिए ।

आजको खेलको म्यान अफ द म्याच सङ्ग्रीला फुटबल संघ मोरङका जर्सी न २० का गोलकिपर पुर्ण चेम्जोङ नै घोषित हुदै नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन ।

भोलिको दोस्रो तथा अन्तिम सेमिफाईनल खेल काकडभिट्टा ट्रेनिङ सेन्टर र एनआरटी फुटबल क्लब काठमाडौका बिच दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।