0Shares

धरानको सेउती, सर्दु लगायतका खोलाहरुबाट राजश्व तिरेर ढुंगा, मिक्स गिट्टी तथा नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने बाताबरण नबनाई आफुहरुको रोजगारीमा लात हानेको भन्दै धरानका सयौ ट्रयाक्टर ब्यबसायीहरुले दिनभर धरान उपमहानगरपालिका घेराउ गरेका छन भने अहिले रातको ९ बजिसक्दा समेत उक्त कार्य जारी रहेको छ ।

बुधबार बिहान ११ बजे नै धरान उपमहानगरपालिका बार्ता छलफल गर्न पुगेका उनिहरु अन्ततः नगरपालिकाको मुल गेटमा ट्याक्टरनै तेर्साएर घेराउ गरेका हुन । उनिहरु अहिले राती ९ बजेसम्म पनि उप-महानगरपालिका मुल गेट्मै पाल ओछ्याएर बसिरहेका छन ।

ट्याक्टर ब्यबसायी बिक्रम तामाङको नेतृत्वमा सयौको संख्यामा ट्याक्टर लिएरै पुगेका उनिहरु धरानका मेयर हर्क साम्पाङले खोला ठेक्का नलगाउने र नगरलाई विकासमा आवश्यक पर्ने बाहेक खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न नदिने अडान लिएकाले आफुहरु आन्दोलनमा उत्रिनु परेको बताए ।

तामाङले असार महिना भन्दा अगाडि नदी बाहिर राखिएका नदीजन्य सामग्री ढुवानी गर्न नदिइएकोले आफुहरुको गरीखाने ब्यब्सायमा लात हानेको जस्तो भएको बताए । उनिहरुले धरानका मेयरले असार महिना भन्दाअघि स्टक गरी राखिएको ढुङ्गा, गिटी, बालुवा सहितका सामानहरु ढुवानी गर्न खुला गर्नुपर्ने बताएका छन। सो घेराउ कार्यक्रममा सम्योजक समेत रहेका बिक्रम तामाङले आफुहरुको शान्तिपूर्ण आन्दोलनको माग सुनुवाइ नभएसम्म ट्याक्टर नहाटाउने बताएका छन । उनले धरानको सेउती, सर्दुलगायत खोलाबाट राजश्व तिरेर ढुंगा, मिक्स गिट्टी लगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गर्दै आएको भएपनि मेयर साम्पाङले भने खोला ठेक्का नलगाउने र नगरलाई विकासमा आवश्यक पर्ने बाहेक खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न नदिने अडान लिएपछि यो अबस्था आएको हो भने उनले साेहि विषयलाई लिएर आज बिहान ११ बजे दुबै पक्षलाई वार्तामा बोलाउनका लागि समय दिएकोमा धरान उपमहानगरपालिकाले कुनै प्रतिक्रिया नदिए पछि १ बजेबाट आफुहरु नगरपालिका घेराउमा उत्रेको बताए ।

तामाङले सयौको सङ्ख्यामा ट्याक्टर र चालक सहित उपमहानगरपालिकाको मेन गेट बाट भित्र सम्म बाटो ब्लक गरि राखेका छौ जबसम्म मेयर आएर हाम्रो माग सम्बोधन गर्नुहुन्न तबसम्म हामी यसरी नै बस्छौ भने ।

उता उक्त ट्याक्टर ब्यब्सायीहरुको उक्त दिनभर सो कार्यले नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुलाई आवत जावतमा समस्या भएको थियो भने धरानका मेयर समस्या सामाधान गर्न तर्फ कुनै चासो नदिई कार्यालय बहिर निस्केका थिए ।

अहिले सम्म ती आन्दोलनकारीहरु सङको कुन बार्ताका लागि पहल समेत गरिएको देखगरीएको देखिदैन भने उता ट्र्याकटर ब्यब्सायीहरुले बार्ता छलफल नभएसम्म ट्याक्टर नहटाउने अडान लिईदै आएका छन ।