0Shares

धरानको सेउती, सर्दु लगायतका खोलाहरुबाट राजश्व तिरेर ढुंगा, मिक्स गिट्टी तथा नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने बाताबरण नबनाई आफुहरुको रोजगारीमा लात हानेको भन्दै ट्रयाक्टर ब्यबसायीहरुले हिजो बुधबार रातभरी चलाएको नगरपालिका घेराउ अहिले पनि जारी छ ।

धरानका सयौ ट्रयाक्टर ब्यबसायीहरुले हिजो दिनभर धरान उपमहानगरपालिका घेराउ गरेका थिए भने आज बिहिबार पनि बिहानैबाट नगरपालिका मुल गेटमा ट्रयाक्टर र बेल्चा तेर्साएर घेराउ कार्यक्रम जारी गरेका छन । बुधबार बिहान ११ बजे नै धरान उपमहानगरपालिका बार्ता छलफल गर्न पुगेका उनिहरु अन्ततः नगरपालिकाको मुल गेटमा ट्याक्टरनै तेर्साएर घेराउ गरेका हुन। उनिहरु बुधबार रातीभरी नै उपमहानगरपालिका मुल गेट्मै पाल ओछ्याएर चाउचाउ बिस्कुट खादै बसेका थिए ।

ट्याक्टर ब्यबसायी बिक्रम तामाङको नेतृत्वमा सयौको संख्यामा ट्याक्टर लिएरै पुगेका उनिहरु धरानका मेयर हर्क साम्पाङले खोला ठेक्का नलगाउने र नगरलाई विकासमा आवश्यक पर्ने बाहेक खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न नदिने अडान लिएकाले आफुहरु आन्दोलनमा उत्रिनु परेको बताए । उनका अनुसार हामीले गर्दा आन्दोन हुने मेयरका मानीसहरु चोरीछिपि ट्याक्टर प्रयोग गरी काम गर्दा चाही केही नहुने भन्दै उल्टै प्रश्न गरेका छन ।

तामाङले असार महिना भन्दा अगाडि नदी बाहिर राखिएका नदीजन्य सामग्री ढुवानी गर्न नदिइएकोले आफुहरुको गरीखाने ब्यबसायमा लात हानेको बताएका छन । उनिहरुले धरानका मेयरले असार महिना भन्दाअघि स्टक गरी राखिएको ढुङ्गा, गिटी, बालुवा सहितका सामानहरु ढुवानी गर्न खुला गर्नुपर्ने बताएका छन। तामाङले आफुहरुले गरेको शान्तीपुर्ण आन्दोलनमा धरानका मेयरले निकासको बाटो निकाल्नुको साटो उल्टै नानाथरी फेसबुकमा लेख्ने गरेकोले जब सम्म आफुहरुको माग पुरा हुदैन तबसम्म आफुहरु कुनै पनि कार्यक्रम नरोकिने बताए ।

उक्त घेराउ कार्यक्रममा सम्योजक समेत रहेका बिक्रम तामाङले आफुहरुको शान्तिपूर्ण आन्दोलनको माग सुनुवाइ नभएसम्म ट्याक्टर नहाटाउने बताएका छन । उनले धरानको सेउती, सर्दुलगायत खोलाबाट राजश्व तिरेर ढुंगा, मिक्स गिट्टी लगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गर्दै आएको भएपनि मेयर साम्पाङले भने खोला ठेक्का नलगाउने र नगरलाई विकासमा आवश्यक पर्ने बाहेक खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न नदिने अडान लिएपछि यो अबस्था आएको बताएका छन । तामाङले धरानका मेयर हर्क साम्पाङले बुधबारै बिहान ११ बजे दुबै पक्षलाई वार्तामा बोलाउनका लागि समय दिएकोमा धरान उपमहानगरपालिकाले कुनै प्रतिक्रिया नदिए पछि बुधबार दिउसो १ बजेबाट देखी नै आफुहरु नगरपालिका घेराउमा उत्रेको बताएका छन ।

उता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफनो फेसबुक स्टाटसमा खोला भत्काएर बेच्नु हुँदैन भन्ने सबै धरानबासीहरु भोलि ११ बजे नगरपालिका आउनु होला मैले बोलाएँ धरानको खोलाखोली संरक्षण गर्नु पर्छ भन्नेहरु सबै भेला होऔँ भनेर स्टाटस लेख्दा आन्दोनकारीहरु झन आबेगमा आएका छन । तामाङले भने उनीहरुका केही प्रतिनिधहरुले अहिले नगरपालिकामा मेयरको कार्यकक्षमा बर्ताका लागी समेत बोलाएको छैन मेयर राईले बर्ता बस्ने फेसबुकमा लेखेपनि अहिले सम्म कुनै निकास भने निस्केको छैन । उनले बर्ता मिलान गर्नुको सटटा फेसबुक मार्फत सुनसरी जिल्लाको सिडियो इलाका प्रहरी र जिल्ला प्रहरीका एसपी सबैलाई खबर गरेको छु हेरौँ खोला खन्नेहरुको ट्राक्टर हटाउँछन कि हटाउँदैनन लेखेका छन ।

उता उक्त ट्याक्टर ब्यब्सायीहरुको आन्दोलनले नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुलाई आवत जावतमा समस्या भएको छ भने त्यहा कार्यरत्त कर्मचारीहरु पनि पैदल नै कार्यलय पुगेका छन । कुनै कुनै कर्मचारी तथा जनप्रतिनिधिहरुको साबारी साधन समेत कार्यलय परिसर भित्रै थुनिन पुगेको छ भने नगरपासिलकाका अतिआबश्यक दमकल सेवालाई समेत समस्या भएको छ ।

दमकल राख्ने स्थान अगाडी समेत ट्याक्टर तेर्सापछि अहिले धरान अचानक आगलागी भयो भने दमकल निकाल्न समेत समस्या हुने भएकोले नगरका प्रमुख हर्क साम्पाङले यी समस्यालाई बार्तामार्फत छिटोन्दा छिटो समाधान गर्न जरुरी छ ।

स्मरण रहोस कुनै समय यीनै मेयर साम्पाङले आफना माग पुरा गराउन यस खालको गतिबिधि गर्द आएका थिए भने सोहीको सिको आफुहरुले समेत गरेको केही आन्दोनकारीहरुको भनाई पनि छ ।