15Shares

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका बडा नं ६ फुलकाहाकट्टी घर भएर नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल बिराटगरमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास मृत अबस्थामा फेला परेका छन ।

स्टाफ नर्स दासको हत्यामा संलग्न भनिएका शिबशंकर दास समेत मृत फेला परेपछि उक्त हत्याकाण्ड अझ रहस्मय बनेको छ । नोबेल अस्पताल अगाडिको होटल फाईनको कोठा नं १०२ मा गए राति आरोपित भनिएका शिबशंकर दास झुण्डिएको अवस्थामा मृत भेटिएको मोरङबाट पत्रकार प्रेम देवानले जनाकारी दिए । सिराहाको धनगढीमाई नगरपालिका बडा नं ६ फुलकाहाकट्टी टोलमा घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर महानगरपालिका–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन भने सोही घरको शौचालयमा गत चैत्र २ गते शुक्रबार नर्स चन्द्रिका कुमारी दास मृत अवस्थामा भेटिएकी थिइन ।

प्रहरी अनुसनधानको क्रममा चन्द्रिकाको हत्यापछि फरार भएको भनिएका उनका प्रेमी शिवशंकरको खोजीको क्रममा आत्महत्या गरेको अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले आयोन्युजलाई जानकारी दिए । उनका अनुसार ‘प्राविधिक रूपमा पनि अनुसन्धान गर्दै आएका थियौं । त्यही क्रममा आईतबार दिउँसो विराटनगरको कञ्चनबारीतिर शिबशंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो । ट्रयाक गर्दै खोजी गर्ने क्रममा होटलमा प्रहरी टोली पुगेको थियो । एउटा होटलको ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको एसपी कार्कीले भने ।

शिवशंकर मृत भेटिएको होटल नर्स चन्द्रिकाको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्ररम्भीक अनुसन्धानमा शिवशंकर र चन्द्रिका बीच चार वर्षदेखिको प्रेम सम्बन्ध रहेको देखिएको प्रहरीको भनाई छ । अनुसन्धानमा शिवशंकर वैदेशिक रोजगारीको क्रममा मलेसिया समेत गएका थिए भने उनी वैदेशिक रोजगारमा गएपछि चन्द्रिकाको सिरहाका अर्का एक युवकसँग प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जानकारी दिएको छ । तर सो युवक को हुन सो बारे यकिन भने बताएको छैन । प्रहरीले भने अहिले हामी अनुसन्धानमै छौ सबै आएपछि भनौला ।

यी घटना क्रमले के अनुमान लगाउन सकिन्छ भने ‘चन्द्रिकाले प्रेममा धोका दिएपछि हत्या गरेको हुनसक्छ घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ‘अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आईतबार दिउँसो फोन गरेर भनेका रहेछन । शिवशंकर एक हप्ता अगाडि मात्रै मेलेसियाबाट फर्किएका थिए । उनी फागुन २७ गते काठमाडौ आइपुगेका थिए भने २९ गते विराटनगर आएका थिए । विराटनगर आएपछि उनी चन्द्रिकाको डेरामा बसेको प्रहरीले जनाएको छ । प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ ।