4.2K+Shares

सुनसरीको धरानमा बेबारिसे अबस्थामा एक युबतीको शब फेला परेको छ । बुधबार दिउसो करिब साढे २ बजेको समयमा धरान उपमहानगरपालिका वडा न -१८ स्थित वि पी कोइराला स्वाथ्य प्रतिस्ठानको तल्लो भाग र डिपाे आदर्श बहुमुखी क्याम्पसकाे विचमा रहेको खोल्सीमा उक्त युबतीको शब फेला परेको हो ।

उक्त बेबारिसे शब बाख्रा चराउन जाने क्रममा सोही स्थानकी मन कुमारी लिम्बुले देखेपछि स्थानियलाई खबर गरेकी थिईन भने स्थानीयहरुले इलाका प्रहरी कार्यालय धरानलाई खबर गरेपछि उक्त शबबारे जानकारी भएको थियो । करिब १९/२० बर्षको देखिने उक्त शबको पहिचान खुल्न नसकेको स्थानिय प्रहरीले जनाएको छ । नाम थर वतन नखुलेको एक युबती मृत अवस्थामा फेला परेको छ हामी अनुसन्धान गर्दैछौ पहिचान खुलेपछि जानकारी दिन्छौ एक प्रहरी अधिकारीले बताए । सो क्रममा तालिम प्राप्त दुईवटा कुकुर उक्त घटना स्थलमा नेपाल प्रहरी ईलाका प्रहरी कार्यलय धरानका टोली घटना स्थल पुगी मुजुल्का समेत उठाइ पोस्टमार्टमको लागि आजै साझ साढे ४ बजेतिर बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानको मर्चरिमा लगेको छ भने उक्त घटना बारे थप अनुसन्धन भइरहेको छ ।

महिलाको शबको प्रकृति हेर्दा हत्या गरि फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।