2Shares

घाँटी रेटेर हत्या गरिएको अवस्थामा धरान १८ स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भित्रको खोल्सीमा भेटिएको शवको पहिचान खुलेको छ । मृतक धरान–१६ नौलो बस्ती गणतन्त्र चोक निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठ भएको प्रहरीले जनाएको छ । बीपी प्रतिष्ठान र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको थियो ।

प्रहरीका अनुसार मृतक करिब २१ बर्षकी धरान १६ निवासी सुमना श्रेष्ठ हुन । ‘बुधबार दिउसो साढे २ बजेको समयमा बाख्रा चराउन निस्केकी सोही स्थानकी मन कुमारी लिम्बुले बेबारीसे अबस्थामा उत्तल शब देखेपछि स्थानियलाई खबर गरेकी थिईन भने स्थानीयहरुले इलाका प्रहरी कार्यालय धरानलाई खबर गरेपछि घटना सार्वजनिक भएको थियो भने सोही साँझ मृतक थुवतीको अभिभावक आएर शवको सनाखत गरेका थिए । साँझ अभिभावक आएर शवको सनाखत गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न व्यक्तिको पहिचानको लागी अनुसन्धान जारी छ पहिचान खुलिसकेपछि पक्राउ गरी सार्वजनिक समेत गरिने जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न व्यक्तिको खोजी कार्य तीब्र पारिएको छ ।

घटनामा एक भन्दा बढी संलग्न रहेको पनि आशांका छ । उनीहरुको खोजीको लागि अन्य जिल्लामा पनि प्रहरी परिचालन भइसकेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख एबम डीएसपी नवराज मल्लका अनुसार मृतक युवती धरानकै श्री शारदा बालिका उच्च माध्यमिक बिद्यालय धरान १६ मै कक्षा–१२ मा अध्ययनरत रहेकी थिइन । उनको हत्या किन र कस्ले गरेको हो हालसम्म खुलेको छैन भने मल्लले सुष्म ढङ्गले थप अनुसन्धान अघि बढेको बताएका छन । मृतकको पहिचानपछि मृतक युवतीका अभिभावकले जाहेरी दिइसक्नुभएको छ हामी त्यस आधारमा क्लु भेट्टाइएका व्यक्तिहरुमाथि अनुसन्धान गर्नेछौ मल्लले जानकारी दिए । मृतकको घाँटीमा धारिलो हतियारले रेटिएको र घोप्टो अवस्थामा शव फेला परेको थियो भने शव भन्दा केही दुरीमा सानो आकारको खुकुरी पनि भेटिएको थियो ।