39Shares

आर्थिक कारोबार र बित्तिय बजार कारोबार सम्बन्धि जनचेतना जगाउने उदेश्यले सुनसरीको धरानमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी वीक २०२४ अन्तरगत वित्तीय साक्षरता सचेतना जगाउने उदेश्यले धरानका बिभिन्न स्कुल तथा कलेजहरुमा उक्त कार्यक्रम गरिएको आयोजक अनलाइन सेक्युरिटिज लि.सेयर ब्रोकर नम्बर ४९ का धरान शाखा प्रमुख सुजन निरौलाले आयो न्युजलाई जानकारी दिए ।

उनका अनुसार धरानका बिभिन्न बिद्यालयहरुको सहभागीतमा ग्लोबल मनि सप्ताह २०८० अन्तर्गत उक्त स्थानहरुमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न चैत्र ५ र ६ गते गरी दुई दिनसम्म गरिएको थियो । पहिलो दिन धरान १८ स्थित रहेको डिपो आदर्श बहुमुखी क्याम्पसमा स्नातक तहका विद्यार्थी र शिक्षक तथा कर्मचारीलाई पुँजीबजार र लगानीका विषयमा जानकारी गराइएको थियो भने दोश्रो दिन चैत ६ गते धरान १३ स्थित नेपाल पुलिस स्कुलका कक्षा ११ र १२ का विद्यार्थी,शिक्षक र कर्मचारीलाई लगानीको महत्वबारे जानकारी गराइएको निरौलाले जानकारी दिए ।

उक्त कार्यक्रमका दौरान सहभागी सबैलाई सेयर बजारमा लगानीको महत्व, लगानीको प्रक्रिया, कम्पनी छनोट गर्ने तरिका, लगानीको उचित समय र लगानीको गुणात्मक वृद्धि कसरी हुनसक्छ भन्ने विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल कुमार अग्रवालले जानकारी गराएका थिए ।अनलाइन सेक्युरिटिज लि.सेयर ब्रोकर नम्बर ४९ का धरान शाखा प्रमुख सुजन निरौलाले सहजीकरण गरेको उक्त दुवै स्थानको कार्यक्रममा गरी करिब १५० जनाको सहभागिता थियो । कार्यक्रमका सहभागीहरुले पुँजीबजार सम्बन्धी ज्ञानले भविष्यमा लगानी निर्णय लिन तथा लगानी गर्न सहज हुने बताएका थिए ।