20Shares

धरान १६ कि २१ बर्षिया सुमाना श्रेष्ठको हत्यामा सम्लग्न बाबुराम भुजेल उनकै प्रेमी भएको खुलासा भएको छ । आज शुक्रबार २० बर्षिया बाबुराम भुजेल लाई पक्राउ पछि सर्बजनिक गर्दै प्रहरीले उक्त पुष्टि गरेका हुन ।

इलाका प्रहरी कार्यालय धरानमा आज दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन मार्फत प्रहरीले घटनाबारे बिस्तृत जानकारी दिएका हुन । जहाँ घटना विवरण अनुसार गएको २०८० साल चैत ७ गतेका दिन २ बजेर ५० मिनेटको समयमा सुनसरीको धरान उ.म.न.पा वडा नं. १८ वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूल बीच रहेको एकान्त खोल्सामा करीब १८/२० वर्षको तत्काल नामथर, वतन खुल्न नआएकी युवती मृत फेला परेको घटनाको जानकारी पश्चक्षात जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी अधिकृतको कमाण्डमा अनुसन्धान टोली,ईलाका प्रहरी कार्यालय धरानबाट SOCO सहितको प्रहरी अधिकृतको टोली र नेपाल प्रदेश प्रहरी कार्यालय घरानबाट कुकुर सहितको अनुसन्धान टोली सङै वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फोरेन्सिक डाक्टर सहितको टोली तत्काल घटनास्थलमा पुगी चेकर्जाच अनुसन्धान गरी शबको जाँच मुचुल्का समेतको प्रारम्भिक अनुन्धान कार्य सम्पन्न गरी मृत शबलाई पोस्ट मार्टमको लागि वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरान पठाईएको थियो । लगतै प्रहरीबाट थप अनुसन्धान कार्यलाई तिव्रता दिने क्रममा करीब १ घण्टा पछि करिब ४ बजेको समयमा उक्त मृतक सुमाना जिल्ला सुनसरी, धरान उ.प.म.न.पा. १६ बस्ने मेहन्द्र श्रेष्ठको छोरी बर्ष २१ की सुमना श्रेष्ठ भएको सनाखत भई खुल्न आएको थियो ।

लगतै पीडित परिवार संग समन्यव लगायत अन्य विभिन्न तौर तरिकाबाट घटनाको बारेमा अनुसन्धान गर्न सिनियर प्रहरी अधिकृतको टोली गठन गरि सुक्ष्म ढंगबाट अनुसन्धान कार्य अघि बढाउनुका साथै घटनामा संलग्न व्यक्तिको बारेमा बुझ्दै जाँदा मृतक सुमना श्रेष्ठ र धरान उपमहानगरपालिका वडा नं. १६ बस्ने बर्ष १९ का सविन भन्ने बाबुराम भुजेल बीच करीब २ वर्ष अघि देखि Facebook मार्फत प्रेम सम्बन्ध भएको पाईएको थियो भने २०८० पौष महिना देखि सुमना श्रेष्ठले ग्लोबल ओरिअन्स Globaloriens धरानमा काम गर्न थालेपछि सोही कम्पनीमा काम गर्ने प्रदिप श्रेष्ठसंग चिनजान भएको, निजहरु एकआपसमा नजिक हुन थालेका थिए भने फेसबुक आईडी समेत एउटै चलाउने गरेका कारण उनिहरु विचको सम्वन्ध नजिक भएको कारण बाबुराम भुजेल र सुमना श्रेष्ठ बीचको सम्बन्ध चिसो हुन गएको देखिएको पाईएको थियो भने गएको मिति २०८० साल चैत ०२ गते सबिन भन्ने बाबुराम भुजेल काम गर्ने सिलसिलामा धनकुटाको मुलघाटमा गई बसेको र त्यस पश्चात बाबुराम र समाना बिच प्रेम सम्बन्ध खटपट भईरहेकै बेला २०८० साल चैत्र ६ गते निज सबिन भन्ने बाबुराम भुजेल सुमना श्रेष्ठलाई भेट्न धरान आएको र सोहि साँझ देखि नै भेटघाट गरी आफ्नै स्कुटरमा सुमना श्रेष्ठलाई राखी स्कुटर चलाउन सिकाउदै राती ९ बजेको समयमा उनिहरू दुबैजना घटनास्थल पुगेको देखिन्छ,घटनास्थलमा निजहरू बीच फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएपछि निज सबिन भन्ने बाबुराम भुजेलले, योजना मुताबित नै साथमा लिई गएको खुकुरी निकाली निज सुमना श्रेष्ठको घाटीमा रेटी मारी खोल्सामा फाली सोही रात भागेको थियो ।

त्यस्तै प्रहरिको अनुसन्धानकै दौरान सो घटनाको विषयमा अनुसन्धान टोलीले अनुसन्धान गरी पीडीत पक्षसँग समन्वय सङै प्राविधिक पक्षको अध्ययन विश्लेषण गर्दै जादा निज अभियुक्त भागी लुकी छुपी बस्न सक्ने स्थानको पहिचान गरी तलासी लिंदा अनुसन्धानमा खटिएका टोलीबाट जिल्ला धनकुटा धनकुटा न.पा. वडा ९ मुलघाटमा लुकिछुपी बसेको अवस्थामा फेला पारी मिति २०८० चैत्र ८ गतेका दिन पक्राउ गरीएको हो । सो क्रममा सुमानाले प्रयोग गर्ने मोबाईल फुटाई सिम खोलामा बगाउनुका साथै।बाबुरामले सुमानाको मोबाईल आफ्नै साथमा राखेका थिए। धनकुटामा अभियुक्त भुजेल पक्राउ परेपछि उनकै साथबाट उक्त १ थान मोबाईल समेत बरामद गरीएको थियो भने प्रहरीले आज मिति २०८० चैत्र ०९ गतेका दिन सोहि सबुत प्रमाण समेत सर्बजनिक गरेका हुन ।

पक्राउ पछि अभियुक्त बावुराम भुजेललाई सम्मानित सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी दिन ७ (सात) को म्याद थप अनुमति लिई ईलाका प्रहरी कार्यालय धरानमा ल्याई राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता तथा सूचना अधिकृत प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिएका छन ।