91Shares

लिम्बू विद्यार्थी मञ्चको महा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । गत चैत्र ६ गतेदेखि धरान उ.म.न.पा. -१५ स्थिति किराँत याक्थुङ चुम्लुङ हिममा “अस्तित्वको लागि एकता” भन्ने मुल नाराका साथ सुरु भएको सम्मेलन ५ दिने उक्त सम्मेलन आज शनिबार समापन भएको हो ।

सम्मेलनमा लिम्बुवान विद्यार्थी मन्चको स्थापना भएको २५ ओैं वर्षगाठ पूरा भएको अबसर अर्थात युप्पा रजत जयन्तीकाे अवसर पारेर लिम्बू विद्यार्थीहरूकाे दाेस्राे अन्तर्राष्ट्रिय महासम्मेलनको रुपमा आयोजना गरेको थियो ।

लिम्बु बिद्यार्थी मन्चका केन्द्रिय संयोजक नितेश सिंगककाे अध्यक्षतामा तथा धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।
त्यस्तै सोहि सम्मेलनमा मन्चका संस्थापक सदस्य तथा पूूर्व महासचिव रमेश लिम्बू,लिम्बू विद्यार्थी मञ्चका सस्थापक सदस्य बसन्ति थेवे, भारतको आसामबाट आएकी माया लिम्बू दार्जीलिङबाट चन्द्र कुमार सुब्बा, सिक्किमबाट सन्ध्या सुब्बा तथा लिम्बू विद्यार्थी मञ्चका पुर्व अध्यक्ष अबाेध अविरल आङ्वूहाङ,लिम्बू विद्यार्थी मञ्चका पुर्व सचिव तथा मुल आयाेजक समितिका प्रमुख सल्लाहकार अमित थेवे,लिम्बू विद्यार्थी मञ्च पुर्व उपाध्यक्ष धनेन्द्र जगेवु,लिम्बू विद्यार्थी मञ्च पुर्व उपाध्यक्ष जीवन थलाङ, लिम्बू विद्यार्थी मञ्च सुनसरी जिल्ला अध्यक्ष विनिता मादेन,लिम्बू विद्यार्थी मञ्च संस्थापक सदस्यहरुको सहभागीता रहेको थियो ।

त्यस्तै सोही सम्मेलनमा लिम्बु सम्बद्ध विभिन्न संघ सस्थाहरुका प्रतिनिधि एबम,विदेशी प्रतिनिधि, बुद्धिजीवी,समाजसेवी लगायत करिब सयौको उपस्थित समेत रहेको आयोजक लिम्बु विद्यार्थी मन्चकि सुनसरी जिल्ला अध्यक्ष बिनिता लिम्बुले जानकारी दिईन । उनका अनुसार सोही कार्यक्रममा विभिन्न देशमा रहेका लिम्बू विद्यार्थी बिज्ञहरुले विभिन्न बिधाहरुमा लिम्बुभाषाको इतिहास र लिपिको बिकास क्रम,मातृभाषामा उच्च शिक्षा,मुन्धुमी तथा एतिहासिक चर्चा,लिम्बुवान आन्दोलन तथा बर्तमान पहिचानको आन्दोलन लगायतको बिषयमा बिज्ञहरुले आफ्ना कार्ययोजना,सल्लाह सुझाव ,पहिचानको आन्दोलनमा भाबी रणनीति सम्बन्धि बिद्यार्थीहरुलाई आ-आफ्नो विषयगत कार्यपत्र प्रस्तुत गर्दै स गरेका थिए ।

त्यस्तै सोही महासम्मेलन बाट पारीत निर्णयहरू पत्रकार सम्मेलन गरि भोलि आईतवार सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।