1Shares

धरानका मेयर हर्क साम्पाङ्गको दोस्रो ठुलो अभियानको रुपमा सुनसरीको धरानमा संगीतीक साझ सम्पन्न गरेको छ ।धरानको वडा न २० चिन्डे डाँडामा किरात सभ्यता तथा आस्थाको प्रतिक सुम्निमा पारुहांगको प्रतिमा निर्माण अभियानको लागि उक्त बृहत संगीत उत्सव”सुम्निमा पारुहाङ साँझ २०८० ” सम्पन्न गरेको हो ।

शनिवार धरान१६ स्थित धरान रंगशालामा बेलुका ५ बजेबाट उक्त साझको आयोजना गरीएको थियो । जहाँ नेपालका गायनका लेजेन्ड कलाकारहरु देखि हास्य कलाकार नायक,मोडलका साथै अहिलेका निकै नै चर्चित साहित्यकार एबम कवि तथा प्राज्ञ राजन मुकारुङ्गले समेत आफ्ना प्रस्तुति दिएका थिए।

सो कार्यक्रममा दर्शकहरुले गायकहरु राजेश पायल राई,सुगम पोख्रेल,कंचन थलङ्ग, धरानका मेयर हर्क राज राई (साम्पङ्ग) गायिकाहरु मेलिना राई,प्रशना शाक्य,रचना रिमालका साथै नायक दयाहाङ्ग राई, हास्यकलाकार विल्शन बिक्रम राई र मोडल एलिशा राईको सुमधुर प्रस्तुति सङै झुमेका थिए ।

सिल्भर इन्टरटेनमेन्ट, धरानले आयोजना गरेको उक्त कार्यक्रमको सम्योजक मिना सिङ्गक रहनुभएको थियो भने सुन्दर साउण्डको प्राबिधिक सहयोगमा दिउँसो २ बजेबाट नै औपचारिक सम्मान कार्यक्रम समेत गरिएको थियो जहाँ उक्त अभियानमा १ लाखभन्दा माथिको सहयोग गर्ने ब्यक्तित्बहरुलाई आयोजकले ताम्रापत्रले सम्मान समेत गरेका थिए ।

कार्यक्रममा महेश लिम्बु र इक्सा मादेन उद्घघोषकको भुमिका निभाएका थिए । स्मरण रहोस धरानमा यसभन्दा अगाडि पनि मेयर हर्क साम्पाङ्गकै अगुवाईमा कोकाहा खानेपानी लाईभ कन्सर्ट समेत पब्लिक स्कुलको खेल मैदानमा आयोजाना गरिएको थियो । धरान यस्तो ठाउँ हो जहाँ हजारौं दाताहरुका कारण हर्क सम्पाङ्गको हरेक अभियानमा करोडौं रकम सहयोग उठ्ने समेत गरेको छ ।