0Shares

उदयपुरको त्रियुगा नगरपालिका-१० स्थिबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित भारतिय नम्वरको सवारी साधन र २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट परिचालित प्रहरी टोलीले सोमबार बिहान त्रियुगा नगरपालिका-१० स्थित गैरुन कालीखोला नजिक रोकी राखेको BR 11PB 1355 नम्वरको स्कारपियो गाडीलाई संका लागि चेकजाँच गर्दा गाडीको गियर बक्स भित्र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर, नगद १ लाख ५४ हजार रुपैया र डिजिटल तराजु १ थान समेत बरामद गरेको हो ।

उक्त सवारी साधनबाट ब्राउन सुगर तथा नगद रुपैया बरामद भए संगै गाडी चालक भारत बिहार सुपौल भिमनगरका २७ बर्षीय जसविर कुमार मण्डल र गाडीमा सवार रहेका भारत बिरपुरका सन्तोष कुमार महतोलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर, नगद रुपैया र गाडी सहित पक्राउ परेका दुबैजनाको समानित उदयपुर जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यता सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार स्थितबाट निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्री बितरण गर्ने पसल संचालक र निषेधित औषधी खरिद गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र-५ कालाबन्जार स्थित रहेको सुभेक्षा मेडिकलबाट नियन्त्रित तथा म्याद गुज्रिएको औषधीहरु बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट मंगलवार खटिएको प्रहरी टोलीले औषधी बिक्री गर्ने पसल संचालक स्थानिय ५० बर्षिय विनय चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका-८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका-३ का २१ बर्षिय विधान राईलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट प्रहरीले निषेधित औषधी Hydrochloride & Phenylephrine Hydrochloride Antikof Tablets ११८१ र ३४ क्याप्सुल तथा म्याद गुज्रिएको Syrup २० पिस, Cream १९ पिस र क्याप्सुल तथा ट्याब्लेट गरी ६५ पिस बरामद गरेको छ । निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्रि बितरण तथा खरिद गर्ने उनिहरुलाई औषधी सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि औषधी व्यवस्था बिभागको कार्यालय बिराटनगरमा बुझाईएको छ ।