0Shares

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राती ११ बजेर ३७ मिनेटमा गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा धेरै जनधनको क्षति भएको छ ।जाजरकोट र पश्चिम रुकुममा भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न लगीएका ३८ जना घाईते बिरामीहरुको उपचार भईरहेको छ । गए राति नै एम्बुलेन्सबाट थप छ बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा लगीएको र हाल ती बिरामीहरुको संख्या ३८ पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । तीमध्ये दुई जना जाजरकोट भेरी नगरपालिका हुन भने चार जना सानोभेरी रुकुमका रहेका छन ।

अन्य घाइतेहरूमध्ये ३७ जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको र एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । यसअघि शनिबार एक जना बिरामीको बाटोमा लादै गर्दा मृत्यु भएको थियो । भूकम्पमा गम्भीर घाइते भएका पाँच जनाको शल्यक्रिया सफल भएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी पोखरेलले सबै बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको जनाएको छ भने मृतको शव जाजरकोट पठाइएको छ ।

त्यस्तै बाँकेको अस्पतालमा उपचाररत बिरामीहरु मध्ये जाजरकोटका २४, रुकुम पश्चिमका १३ र सल्यानका एक रहेका छन । कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई पनि भेरी अस्पताल बाँकेमा सारीएको छ ।

यसैबीच नेपाल सरकारले भूकम्पबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने भएको छ ।आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले जानकारी दिए ।

त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । साथै घाइतेहरुको रेस्क्यु लगभग सकिएकाले अव पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ । बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनले जनाएका छन । त्यसमा केही बढाउने कुरा छ’, मन्त्री बस्नेतको भनाइ छ । उनले भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट, पाल लगायतका सामग्री अभाव हुन नदिने पनि मन्त्री बस्नेतले बताएका छन । पहिला पहिला परेको यस्तौले परिस्थीतीमा नेपाल सरकारले ३ लाख दिएको थियोे ।