0Shares


कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले कोशी प्रदेश प्रहरी अन्तरगत रहेका ईलाका प्रहरी कार्यालय “क” स्तर सम्मका प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ।निर्देशनको क्रममा उहाले सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा कडाईका साथै चेकजाँचको ब्यबस्था मिलाउन र लागू औषध नियन्त्रणमा बिशेष चनाखो हुन निर्दैशन दिनुभएको छ ।

त्यस्तै खापुङले संगठनको बिभागिय निती निर्देशनलाई अक्षरस पालना गरी संगठनको श्रीबृद्धीमा लागी पर्न समेत निर्देशन दिनु भयो । उक्त कार्यक्रममा मातहत कार्यालयका प्रमुखहरुले आ–आफ्नो एरिया ईलाकाको सुरक्षा ब्यबस्थाको सम्बन्धममा प्रदेश प्रहरी प्रमुखलाई जानकारी गराउनु भएको थियो ।