0Shares

गत फागुन ११ गतेबाट सुरु भएको धरान एक्स्पोमा आज मन्त्र ब्याण्डको प्रस्तुती हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा जारी धरान एक्स्पो २०८० मा ‘मन्त्र ब्याण्ड’ले आज १२ औ दिनमा आफ्नो सांगीतिक प्रस्तुती दिने आयोजक उद्योण बाणिज्य संघले जनाएको छ ।

धरानका दर्शकले निकै प्रतिक्षा गरेको ‘मन्त्र ब्याण्ड’ले धरान एक्स्पोमा लाइभ प्रस्तुती दिनुका साथै स्थानीय कलाकारहरुले पनि आफ्ना प्रस्तुत दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिनु भयो । दार्जिलिङमा स्थापित मन्त्र ब्याण्डका ‘सधैं सधैं ’, ‘पहेली’, ‘नया सपना’ लगायतका थुप्रै गीतहरु चर्चित रहेका छन ।

धरान एक्स्पोमा रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको र अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने तथा ‘साँझ मनोरञ्जनात्मक कार्यक्रममा २ सय रुपैयाको टीकट लाग्ने संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उक्त एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, किड्स जोन रहेको आयोजकले जनाएको छ ।