0Shares

खेलकुदको शहरको रुपमा परिचय पाएको धरानमा एकपछि अर्काे खेलकुद हुदै आएको छ । भर्खरै मात्र २४ औ बुढासुब्बा गोल्डकप सकिए लगतै अर्का एक भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । धरान भेट्रान फुटवल क्लबका अध्यक्ष रोमी मोक्तानले आज बुधबार धरान १२ स्थित धरान फुटवल क्लबमा पत्रकार सम्मेलन मार्फत उक्त प्रतियोताबारे जानकारी गराएका हुन ।

धरान फुटवल खेलले नै सारा संसारमा चिरपरिचित हुदै आएको छ । यहा साना साना बच्चाहरुको उमेर समुह देखि चालिस वर्ष काटेका पूर्व वरिष्ठ खेलाडिहरु सम्मिलित विभिन्न फुटवल प्रतियोगिताहरु धरानमा आयोजना हुने गरेको छ । जसको कारण धरान र नेपालमै फुटवल खेलको विकाशको सम्भावना अझ उच्च रुपमा बढेर गएको पाईएको मोक्तानले बताए ।

यहि मेसोमा सुनसरीकै धरानमा धरान भेट्रान फुटवल क्लबको आयोजनामा चौथो विक्रम राई स्मृती भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता यहि २०८० चैत्र २३ गते देखि चैत्र ३० गतेसम्म धरान १६ स्थित धरान रंगशालामा आयोजका हुने आयोजक धरान भेट्रान क्लबले पत्रकार सम्मेलनमा मार्फत जानकारी गराएको हो । आयोजकका अनुसार खेलकुदको शहरको रुपमा ख्याति कमाएको धरानमा स्व विक्रम राई स्मृति भेट्रान फुटवल प्रतियोगिताको आयोजनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो समयमा प्रसिद्ध भेट्रान खेलाडीहरुको सहभागिताले सम्पूर्ण धरानवासीहरुलाई मनोरञ्जनका साथै फुटवल जगतलाई उत्साह प्रदान गर्दै नेपाली फुटवललाई योगदान पुराउने बिश्वास लिईएको जनाएको छ ।

यसका अलावा चालिस बर्ष उमेर काटेका ख्याती प्राप्त खेलाडीहरुको सहभागिताले स्वस्थ्य नागरिक उत्पादन गर्ने साथै समाजमा सकारात्मक योगदान पुर्याउने कार्यमा निकै महत्वपूर्ण भूमिका खेल्ने भएकोले यस किसिमका कार्यक्रमलाई महत्वपूर्ण जिमेवारीका साथ आगाडी बढाईएको आयोजक समिति प्रतिबद्धता जाहेर गरेको छ ।

क्लबका अध्यक्ष रोमी मोक्तानले धरानमा फुटवल खेलप्रति प्रतिवद्ध धरान भेट्रान फुटवल क्लबले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सरकारी, गैरसरकारी, संस्थाहरु, विशेष व्यक्तित्वहरु, विदेशमा रहेका व्यक्तित्वहरुलाई सहकार्य गर्दै आइरहेको र सो कार्यामा पत्रकारहरुले विगत वर्षहरुमा झै खेलकुद विकासमा सहयोग पु¥याएकोमा धन्यवाद दिदै यस बर्ष पनि सहयोग गरिदिनुहुन आग्रह गरेका छन ।