5Shares

सुनसरीको वराहक्षेत्र-१, प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा हुन लागेको १२ बर्षे पिण्डेश्वर पुर्ण महाकुम्भ मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक नेपाल सरकार तथा कुम्भमेला मूल आयोजक समारोह समितिले कुम्भमेला परिषदमा मोरङ र सुनसरीका चार स्थान धरान,ईटहरी तथा बराहक्षेत्रकै पत्रकारहरुको उपस्थितीमा गरिएको पत्रकार सम्मेलनमा उक्त महाकुम्भ बारे जानकारी दिए।

जहाँ आयोजनाले नेपाल र नेपालीहरुको सान मान सम्मानसँग जोडिएको विश्वकै पाचौं कुम्भका रूपामा अन्तर्राष्ट्रिय जगतमा नै स्थापित भएको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको प्रचरप्रसार सुदूरपश्चिमका दार्चुलादेखि ताप्लेजुङ्गसम्म मात्र नभएर भारत भुटान अमेरिका अष्ट्रेलिया क्यानडा नर्वे बेलायत जस्ता देशहरुमा समेत गरिइएको जानकारी दिए ।

महाकुम्भका अध्यक्ष प्रथम जगतगुरु बालासन्त मोहन शरण देबाचार्य महाराजको अध्यक्षतामा महाकुम्भको अन्तिम चरणमा रहेको कुम्भमेलाको बारेमा मेलाका सह अध्यक्ष एबम बराहक्षेत्रका मेयर रमेश कार्किले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सो क्रम नेपालका सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यू बाट समुद्घाटन हुने कुम्भमेलामा उपराष्ट्रपति प्रधानमन्त्री प्रधानन्यायाधीश साथै संघीय सरकारका माननीय मन्त्रीज्यूहरु जनप्रतिनिधिज्यूहरू त्यस्तै सातै प्रदेशका प्रमुख,मुख्यमन्त्रीहरु र माननीयज्यूहरु सबैलाई निमन्त्रणा भैसको आयोजकले जनाएको छ ।

त्यसैगरि भारतको छत्तिसगढ अयोध्या बनारस वृन्दावन दिल्ली आन्ध्रप्रदेश बंगाल विहार आसाम सिक्किम दार्जिलिङ्ग आदि क्षेत्रबाट जगद्गुरु धर्माचार्य महामण्डलेश्वर सन्त महन्त तथा सरकारका मुख्यमन्त्री पूर्व मुख्यमन्त्री मन्त्रीहरु एम.एल.ए को पनि उत्साहजनक उपस्थिति हुने आयोजकले जनाएको छ ।

अमेरिका स्थित अन्तर्राष्ट्रिय निम्बार्क आध्यात्मिक परिषद्बाट धर्माचार्य श्री भागवत शरण जी महाराज लगायत करिब ५० जनाको टोली चतराधाम आईसकेको कुम्भ मेला आयोजक समितिले जनाएको छ । चतराधाममा कुम्भमेलाका लागि भोजन पण्डाल प्रवचनहल तयारि अन्तिम चरणमा पुगेको छ भने अब कुम्भमेलाको प्रचारलाई अझ चुस्त दुरुस्त पार्दै लानु पर्ने र कुम्भमा भएका गतिविधि तत्काललै रेडियो टेलिभिजन आदि सामाजिक सञ्जालका माध्यमद्वारा देश विदेशमा सूचना प्रवाह गरीदिनुहुन उपस्थित पत्रकारहरुलाई आयोजकले अनुरोध समेत गरेको छ।