37Shares

सुनसरीको धरानमा आज शुक्रबारबाट ४ औ धरान भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । खेलकुदमा अग्रणी स्थान हासिल गरेका धरानमा माघ महिनाबाट गोधोली कप सुरु भएसङै लगातार अहिलेसम्म विभिन्न फुटबल प्रतियोगिता हुँदै आएको छ ।

यसै मेसोमा आज शुक्रबार धरान भेट्रान फुटबल क्लबका सस्थापक महासचिब तथा पुर्ब खेलाडी स्व.बिक्रम राईको स्मृतिमा चौथो भेट्रान कप समुदघाटन भएको छ । उक्त समुदघाटन खेलमा राजारानी भेट्रान धनकुटाले ट्याब्रेकरमा सुटाआउट गर्दै ३-२ गोल अन्तरले बिजय बनेको हो ।

धरान रंगशाला धरान १६ मा भएको शुक्रबार भएको खेलमा राजारानीले ग्रामथान भेट्रान मोरङलाई हराएको हो । निर्धारित ६० मिनेटको खेलमा दुबै तर्फ कुनै गोल हुन नसक्दा खेलमा समय अभावका कारण आयोजकले ट्याब्रेकर मार्फत निर्णय लिएको थियो । जहाँ राजारानी भेट्रान धनकुटाका जर्सी न १७ का दर्शनभक्त राजभट जर्सी न ११ का सुर्य कुमार लिम्बु जर्सी न १० का निरा लिम्बुले गोल गरे भने जर्सी न ९ का शेर बहादुर लिम्बुले प्रहार गरेको बल बार माथी गयो भने जर्सि न ७ का बिजय राईले प्रहार गरेको बल ग्रामथान भेट्रानका गोल किपर जर्सी न १ का सोहर लाल खवासले रोकेको थियो । उता ग्रामथान भेट्रान मोरङका जर्सी न १७ का निराजन बस्नेत,जर्सी न ५ का पिताम्बरधोज भट्टराईले गोल गरेका थिए भने जर्सी न ११ का रुद्र बहादुर खड्का र जर्सी न १० का अनन्त राम चौधरीले प्रहार गरेको बल गोल पोस्टमा लागेर फर्किएको थियो भने जर्सी न ९ का तेजमान लिम्बुले प्रहार गरेको बल राजारानीका किपरले रोकेपछि ग्रामथान भेट्रान हार्न पुगेको हो ।

आजको खेलको म्यान अफ द म्याच राजारानी भेट्रान धनकुटाका जर्सी न १ का शिबजी बस्नेत घोषित हुँदै नगद १५ सय सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका हुन ।

धरान भेट्रान फुटबल क्लबका संस्थापक महासचिव तथा पुर्व खेलाडी स्वा.बिक्रम राई ४ ओैं स्मृति दिवसको अवसरमा आयोजना गरिएको भेट्रान फुटबल कपको औपचारिक उद्घाटन खेलको उपमेयर अहिन्द्र बिक्रम बेघाले स्वा.बिक्रम राईको फोटोमा माल्यार्पण गर्नुका साथै परेवा उडाएर उद्घाटन गरेका थिए । क्लबका अध्यक्ष रोमी मोक्तानकाे अध्यक्षतामा भएको खेलमा एन्फा मानर्थ बरिस्ठ उपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ कोशी प्रदेश अध्यक्ष किशोर राई, अखिल नेपाल फुटबल संघ काेशि प्रदेश तथा धनकुटा फुटबल संघ अध्यक्ष मणि चेम्जोङ,वडा नं १६ का अध्यक्ष मुरारी भट्टराई,आयोजक क्लबका महासचिव सतिश केसी भेट्रान फुटबल क्लबका सदस्य,खेलाडीहरू,दर्शक लगाएत सयौंको उपस्थिति रहेको थियो ।

कार्यक्रम मा बोल्दै प्रमुख अतीथि बेघाले धरान भेट्रान फुटबले धरानको खेल जगतको सम्मान भएको बताए । उनले धरान भेट्रानले धरान भित्रका खेलाडी लाई थप उर्जा दिनुका साथै अबका दिनमा खेल खेलेर आएका र खेल बाट सन्यास लिएका खेलाडी तथा भावी पुस्तालाई पनि खेलमा आउनको लागि स्थानीय सरकार सदैव सम्मान गर्न तयारी रहेको बताएका थिए।