0Shares

सुनसरीको धरानमा एक युबक माथी धारिलो हतियार खुकुरी प्रहार भएको छ । शुक्रबार बेलुका ८ बजेको समयमा धरान ५ देउराली फोक्लिङका २२ बर्षिया मोहन बिश्वकर्मा माथी खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट बिश्वकर्माको टाउकोमा गहिरो चोट लागेको छ ।

घाईले बिश्वकर्मामाथी खुकुरी प्रहार गर्ने आफनै चीनजानको छिमेकी रोजन लोहनी रहेका छन। घाईते भएका मोहन आफ्नै छिमेकमा रहेकी दिदि चन्दा बिश्वकर्मा सङै अढाई बर्षिया भान्जा प्रज्वल कार्की समेतलाई लिएर दिदिकोमा पुर्याउन गएको र त्यहाबाट फर्किने क्रममा रोजन लोहनी (लोहार) ले एक्कासी आफुमाथी खुकुरी प्रहार गरेको बताए

हाल घाइते बिश्वकर्माको बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिस्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने रोजन फरार छन ।