©Aayo News.Com
48Shares

खेलकुद अन्तरगतको फुटवल खेलको विकासमा टेवा पुर्याउनुका साथै पानबारीमा समेत राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा जोड दिने उदेश्यले स्थापना भएको पानवारी फुटबल क्लबले आफ्नो भवन समुदघाटन गरिएको छ ।

शनिबार सुनसरीको धरान ६ स्थित पानवारी सामुदायिक बनभित्र रहेको उक्त क्लबको भवनको समुदघाटन गरीएको हो । भवन समुदघाटन नेपाली काङ्ग्रेसका नेता एबम कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले रिवन काटेर गरेका थिए । सो क्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि समेत राईले युवाहरुको साझा एकताले पानबारी फुटवल क्लव स्थापना गरेकामा अत्यन्तै खुशी भएको बताए । राईले नराम्रो बाटोमा लागेका युबाहरुको सहि बाटो खेलकुद नै भएको बताए ।

पानवारी फुटबल क्लव विधिवत रुपमा बि.स.२०८० साल फागुन १२ गते राष्ट्रिय खेलकुद परिषद सुनसरी जिल्ला खेलकुद विकास समितीमा दर्ता भई सन्चालनमा आएको हो । सोही क्रममा क्लवका अध्यक्ष कृष्ण कुमार राईले क्लब गठन भएको एक वर्ष पनि नपुग्दै विधिवत रुपमा दर्ता भएर अन्तराष्ट्रिय स्तर सम्म पनि पानबारी फ्टवल क्लवले सहभागिता जनाउन सफल भएको बताएका थिए ।

राईले बि.स.२०२३ अक्टुवरमा भारतको दार्जिलिङमा सम्पन्न भएको मानेभन्ज्याङङ अन्तराष्ट्रिय गोल्डकपमा भएको खेलमा पानबारी फुटवल क्लवले सहभागिता जनाउन सफल भएको समेत बताए । त्यस्तै प्रदेश स्तरीय प्रतियागिता धरान, इटहरी लगायत मोरंगको केराबारी सम्म क्लवको तर्फबाट उत्कृष्ट खेल खेल प्रदर्शन गर्न सफल क्लब पानवारी फुटबल क्लब भएको समेत राईको भनाई थियो ।

छोटो अवधीमा नै क्लबका संस्थागत समेत वन्न सफल भएका राईले क्लवको कार्यालय पानबारी सामुदायिक वन उपभोक्ता समितीको भवनमा सञ्चालनको लागि आज शनिबारबाट क्लव भवन समेत समुद्घाटन गर्न सफल भएकोमा खुशी समेत ब्यक्त गरे । साथै राईले उक्त क्लव भवन सञ्चालन गर्नका निम्ति प्रतक्ष्य अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सवैमा हार्दिक आधार तथा धन्यवाद समेत व्यक्त गरेका थिए ।

हाल क्लवको कार्य समितीहरुमा अध्यक्षको रुपमा कृष्ण कुमार राई,उपाध्यक्ष सन्तोष राई,सचिवःअमृत राई,सह-सचिव जुनीथापा मगर,कोषाध्यक्ष चित्रा लिम्वू,सह-कोषाध्यक्ष तेज बहादुर लिम्वू रहेका छन भने अन्य सदस्यहरुमा सुरज राई, अनु थापा मगर, मिना श्रेष्ठ, लोकेश लिम्बु, लोकेन्द्र पौडेल, तुलाराम लुगेली, चेतन मगर र युवराज आचार्य रहनु भएको छ ।

यसैबीच सुनसरीकै धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित पानबारीमा पानवारी फुटवल क्लबको आयोजनामा प्रथम पानवारी गोल्ड कप राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ । पानवारीको इतिहासमा पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगिता २०८१ साल बैशाख २२ गतेदेखि २९ गते सम्म हुने भएको हो । प्रतियोगिता पानबारी फुटवल क्लवको आयोजना र पानवारी सामुदायिक वन उपभोक्ता समुह धरानं ६ को सहआयोजनामा हुनेछ । प्रतियोगितामा ८ वटा टिम सहभागि गताईने क्लबले जनाएको छ ।

जहाँ खेलमा आयोजक पानवारी फुटवल क्लब धरान,केफसी मोरंग,ब्ल्स ११ इटहरी,योड ब्वाइज तरहरा,नेपाल प्रहरी रानी विराटनगर,एपीएफ पकली,धनकुटा फुटवल क्लब,आरआईएफसी काठमाण्डौं सहभागी हुनेछ ।

उक्त प्रतियोगिता बिजेताले प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैया र रनिङ कप त्यस्तै दोश्रो पुरस्कार स्वरुप ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार प्राप्त गर्नेछ भने ब्यक्तिगत बिद्यातर्फ प्रतियोगिताको उत्कृष्ट बेस्ट खेलाडीलाई नगद ७ हजार, हाई स्कोरर लाई ५ हजार,उत्कृष्ट गोलकिपरलाई ५ हजार,उत्कृष्ट डिफेन्स, मिड्फिल्डरलाई ५ हजार उत्कृष्ट कोचलाई ५ हजार तथा प्रत्येक म्यानअफ द म्याचलाई नगद २१०० प्रदान गरीने आयोजकले जनाएको छ ।