29Shares

सुनसरीको धरानमा शुक्रबारबाट सुरु भएको चौथो भेट्रान फुटबल कपमा आज दुई खेल भएको छ । जहाँ हाम्रो इटहरी भेट्रानले एभरेस्ट भेट्रान मोरङलाई ४-१ गोल अन्तरले हरायो भने दोस्रो खेलमा कन्काई भेट्रान झापाले पनि कटारी टाईगर्स भेट्रान उदयपुरलाई ४-१ गोल अन्तरले नै पराजित गरेको हो ।

धरान रंगशाला धरान १६ मा शनिबार भएको पहिलो खेलमा हाम्रो इटहरी भेट्रानले एभरेस्ट भेट्रानलाई हराउन खेलमा जर्सि न ३ का दिपेन राईले ह्याटि्रक गरे भने जर्सी न ७ का संतोष राईले १ गोल गरेका थिए भने एभरेस्ट भेट्रानको तर्फबाट जर्सी न १० का मन्दिप राईले एक गोल फर्काएका थिए ।

आजको पहिले खेलको म्यान अफ द म्याच हाम्रो इटहरी भेट्रानका जर्सी न ३ का दिपेन राई घोषित हुदै नगर २१०० हात पारे भने दोस्रो खेलको म्यान अफ द म्याच कन्काई भेट्रान झापाका जर्सी न १४ का धन बहादुर गुरुङ्ग घोषित हुउदै उनले पनि नगद २१०० हात पारे ।

आजको दोस्रो खेलमा कटारी टाईगर्सलाई हराउन कन्काई भेट्रान झापाका जर्सी न ७ का खेलाडी नन्दु मुर्मुरले खेलको दोस्रो हाफको २ मिनेटमा नै गोल गरे भने खेलको ६ औ मिनेटमा जर्सि न २ का ज्योति उप्रेती र जर्सी न १४ का धनबहादुर गुरुङले दोस्रो हाफकै १४ औ र २२ औ मिनेटमा थप २ गोल गर्दै आफ्नो टिमलाई ४-१ गोल अन्तरले जित दिलाउन सफल भए ।

उता कटारी टाईगर्स भेट्रानको तर्फबाट जर्सि न १४ का साज कुमार आलेले एक गोल फर्काएका थिए । आजको दोस्रो खेलमा आफ्नो टीमको तर्फबाट पहिलो गोल गर्ने खेलाडी मुर्मुरलाई कन्कई भेट्रानका म्यानेजरले प्रोत्साहन स्वरुप नगद एक हजार प्रदान गरेका थिए ।