172Shares

मारवाडी समुदायकी बिबाहित महिलाहरुले पतिको दीर्घायु र स्वस्थ जीवनको कामना संगै अविवाहित युवतीहरुले आफुलाई मन पर्ने वर पाउनको लागी गणगौर पर्ब मनाएका छन । सुनसरीको धरानमा गणगौर उत्सव एबम सांस्कृतिक कार्यक्रम सम्पन्न गरी उक्त पर्ब मनाएका हुन ।

मारवाडी महिला मञ्च तथा गणगौर पुजा समिति सुनसरी धरानको आयोजनामा शनिबार साझ एक भब्य कार्यक्रमका बीच उक्त गणगौर उत्सव एबम सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको मारवाडी महिला मञ्चकी सचिव पुजा अग्रबालले जानकारी दिईन ।कार्यक्रम अखिल भारतीय माहेश्वरी महिला संगठन पूर्वाञ्चलकी उपाध्यक्ष तथा सीएनआई कोशी प्रदेशकी उपाध्यक्ष श्रीमती गिरिजा जी सारडाको प्रमुख आतिथ्यतामा धरान १ स्थित धुलीखेल सेवा समाजको सभाहलमा सुप्रसिद्ध गायीका निशा लालवानीको बिषेश प्रस्तुतीसंगै सांगितिक माहोलमा उक्त उत्सव सम्पन्न भएको हो ।

सो क्रममा आयोजक मञ्चले बिबिध सांस्कृति कार्यक्रम गोरा ईश्वर जोडी प्रतियोगीताका साथै सोही कार्यक्रमकै दौरान सरप्राईज पुरस्कार समेत प्रदान गरेको नेपाल मारवाडी गणगौर पूजा समितिकी अध्यक्ष अनिता अटलले जानकारी दिईन । मारवाडी समुदायमा “गण“ शब्द अर्थात् भगवान शंकर र “गौर“ शब्द अर्थात् माता पार्वती दुबैलाई मिलाएर गणगौर पर्ब हुने गरेको छ गाणगौर पर्वमा माता पार्वती र भगवान शिवको पूजा आरधना गर्नुका साथै विभिन्न सांस्कृतिक नृत्य तथा गीत गाएर मनाईने गरिएको छ । आ आफनो समुदायको संस्कृति जोगाउन गरिएको उक्त “गंणगौर उत्सव” कार्यक्रममा पुरुष र महिला गरी दुई विधाहरु समावेश गरि प्रतियोगितत्मक कार्यक्रम समेत गरिएको थियो ।

गंगौर पर्व प्रत्येक वर्ष होलिका दहन अर्थात फाल्गुन शुक्ल पूर्णिमाबाट सुरु हुन्छ भने चैत्र शुक्ल पक्षको तेस्रो दिनलाई गणगौर पर्वका रूपमा मनाइने गरेको छ । गणगौर व्रत विवाहित महिला र अविवाहित युवतीहरुले लिने गरेको छ । त्यसैले यो पर्व मारवाडी समुदायका हरेक महिलाले हर्षोल्लासका साथ मनाउने गर्दछन् । आजको दिन माता पार्वती र भगवान शंकरको विशेष विधिपूर्वक पूजा अर्चना पनि गर्ने गरिन्छ । जहा उक्त पूजाको विशेष महत्व छ । यो पर्वमा विवाहित महिलाले आफनो पतिको दीर्घायु र स्वस्थ जीवनको कामना गर्दछन् भने अविवाहित युवतीले आफनो मन परेको वर पाउनको लागी कामना गरी उक्त व्रत समेत बस्ने गर्दछन् ।

गंगौर पूजा समितिकी अध्यक्ष श्रीमती अनिता अटल र मारवाडी महिला मञ्चकी अध्यक्ष श्रीमती रेखाजी अग्रवालको संयुक्त अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा नन्दकिशोर जी राठी,पितृमल जी अग्रवाल,मूलचन्द जी तापडिया, बेनी गोपाल जी मुन्धारा,दिनेश कुमार जी अग्रवाल लगायतले सबैलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा सोही कार्यक्रमका प्रमुख अतिथि श्रीमती गिरिजा जी शारदा,अनिताजी र रेखाजीले डा. ज्योति अग्रवाल, डा. इच्छा जोशी सोनी र श्री पवनजी गर्गलाई सम्मान पत्र र प्रेम उपहार प्रदान गरेकी थिईन ।

मारवाडी समुदायका बालबालिका, पुरुष र महिला गरी १८० जनाको उपस्थिति रहेको थियो उक्त कार्यक्रम सफलतापूर्वक संचालन सुधा जी सोन,नम्रता जी अग्रवाल र पूजा अग्रवालले गरेकी थिईन भने कार्यक्रमका संयोजक श्रीमती सुधा सोनी र श्रीमती नम्रता अग्रवाले गरेकी थिईन उता सास्कृतिक कार्यक्रमको संयोजकको भुमिका पूजा अग्रवाल रातेरियाले निभाएकी थिइन् । रात्रिभोजको समेत आयोजना गरिएको उक्त महोत्सवको दौरान उपस्थित सहभागीहरुहरुले भरपुर मनोरञ्जन लिएका थिए भने सांस्कृतिक नृत्य कलाकारहरुलाई मायाको चिनो उपहार प्रदान गरिएको थियो ।