©Aayo News.Com
59Shares

सुनसरीको धरानमा जारी चौथो स्व. बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगितामा आज तेस्रो दिनको खेलमा दमक लखनपुर भेट्रान फुटबल क्लब र रारा भेट्रान फुटबल क्लब धनकुटा बिजय भएको छ ।

धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा दिउँसो ३ बजेबाट सुरु भएको पहिले खेलमा दमक लखनपुरले बिराट मेगा भेट्रान फुटबल क्लब मोरङलाई १-० गोल अन्तरले हरायो भने ५ बजेबाट सुरु भएको दोस्रो खेलमा रारा भेट्रान फुटबल क्लब धनकुटाले मिल्स भेट्रान फुटबल क्लब बिराटनगरलाई ३-१ ले हरायो ।

जहाँ दमक लखनपुर भेट्रान फुटबल क्लबका जितका लागि खेलको पहिलो हाफको २८ औ मिनेटमा जर्सी न ८ का हर्क बहादुर तमाङ्गले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो । आजको पहिलो खेलको म्यान अफ द म्याच दमक भेट्रान फुटबल क्लबका जर्सी न ८ का हर्क बहादुर तामाङ घोषित हुँदै नगद २१ सय सहित मेडल अग्रज पत्रकार हर्ष सुब्बाले प्रदान गर्नुभएको थियो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा रारा भेट्रान फुटबल क्लब धनकुटाले मिल्स भेट्रान फुटबल क्लब बिराटनगर लाई ३-१ गोलले हराएको हो । निर्धारीत ६० मिनेटको खेलमा राराको तर्फबाट खेलको पहिलो हाफको ७ औ मिनेटमा जर्सी न ७ का बिजय राईले १ गोल गरे भने खेलको ८ औ मिनेटमा नै जर्सी न ११ का सुर्य कुमार लिम्बुले थप १ गोल गरेका थिए भने खेलको दोस्रो हाफको ३ मिनेटमा जर्सी म १७ का दर्शन भक्त राजले पेनाल्टी सुट मार्फत अर्को १ गोल गर्दै आफ्नो टिमलाई ३-१ को जित दिलाउन सफल भएका हुन।

त्यस्तै खेलको १८ औ मिनेटमा मिल्स भेट्रान फुटबल क्लब बिराटनगरका जर्सी न ७ का बिजय डङ्गोलले १ गोल फर्काए पनि मिल्सको लागि जित्ने आधार बनाउन सकेन र अन्तत हार बेहोर्न पुग्यो ।

आजको दोस्रो खेलको म्यान अफ द म्याच रारा भेट्रान फुटबल क्लब धनकुटाका जर्सी न १७ का दर्शन भक्त राज घोषित हुँदै नगद २१ सय र मेडल प्राप्त गरेका छन । भोलिको पहिलो खेल दिउँसो २ बजे आयोजक धरान भेट्रान फुटबल क्लब विरुद्ध कन्काई भेट्रान क्लब झापा र दोस्रो खेल दिउँसो ४ बजे हाम्रो इटहरी भेट्रान फुटबल क्लब विरुद्ध हाम्रो धरान भेट्रान फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ ।