©Aayo News.Com
47Shares

सुनसरीको धरानमा जारी चौथो स्व. बिक्रम राई स्मृति भेट्रान फुटबल कप प्रतियोगितामा धरान भेट्रान र हाम्रो धरान भेट्रान फुटबल क्लब बिजय भएको छ ।

धरान १६ स्थित रहेको प्रस्तावित क्षेत्रीय रंगशालामा आज भएको दोस्रो क्वाटर फाईनल खेलमा धरान भेट्रान फुटबल क्लबले कन्काई भेट्रान फुटबल क्लबलाई १०-२ गोलको फराकिलो अन्तरले हराउदै सेमिफाइनल समेत प्रबेश गरेको छ ।

धरान भेट्रानको जितका लागि जर्सी न १० का डिल्लीराम (मिलन) ले खेलको १२,३०,३९,४२ र ४५ औ मिनेटमा ह्याटि्रक सहित ५ गोल गरेका थिए भने जर्सि न १४ का मित्र वस्नेतले ह्याटि्रक गर्दै ३ गोल गरे । त्यसैगरी जर्सी न ६ का बिकर्ण श्रेष्ठले १ र कृष्ण शाक्यले थप १ गोल गर्दै आफ्नो टिमलाई १०-२ को फराकिलो जित दिलाउन सफल भए ।

उता सोही खेलमा कन्काईको तर्फबाट जर्सी न १० का पलुम पिग्गेमले खेलको दोस्रो हाफको पहिलो १ मिनेटमा नै १ गोल फर्काए भने जर्सी न १३ का धनश्याम दहालले खेलको दोस्रो हाफको ५० औ मिनेटमा थप १ गोल गरेका थिए । खेलमा कन्काईले निकै प्रयास गरेपनी अन्तत ८ गोलको अन्तरले हार्न पुग्यो ।

आजको पहिलो खेलको म्यान अफ द म्याच धरान भेट्रानका जर्सी न १० का मिलन श्रेष्ठ घोषित हुँदै नगद २१ सय सहित मेडल प्राप्त गरेका छन ।

त्यस्तै आज नै भएको दोस्रो तथा चौथो क्वाटर फाईनल खेलमा हाम्रो भेट्रान धरानले हाम्रो भेट्रान इटहरीलाई ट्राब्रेकरमा ४-२ गोलले पराजित गर्दै सेमिफाइनलफाईनल यात्रा तय गतेको हो । ६० मिनेटको निर्धारित खेलमा दुबै तर्फबाट १/१ गोलको बराबरी भएपछी खेल ट्राब्रेकरमा पुगेको थियो ।

आजको खेल ट्राईब्रेकरमा जानूअघि खेलमा जर्सी न ७ का कुमार तामाङले खेलको दोस्रो हाफको १७ मिनेटमा १ गोल गर्दै हाम्रो धरान भेट्रान फुटबल क्लबको लागी गोलको खाता खोलेका थिए । उता हाम्रो इटहरी भेट्रानको तर्फबाट खेलको २७ मिनेटमा जर्सी न ९ का गोविन्द श्रेष्ठले गोल फर्काएपछी निर्धारित समयको खेल बराबरीमा सकिएको थियो भने खेलको निर्णय आयोजकले समय अभावका कारण ट्राईब्रेकरमा लिएको थियो ।

जहाँ ट्यब्रेकरमा हाम्रो भेट्रान फुटबल क्लबका तर्फबाट जर्सी न ६ का पदम राई जर्सी न १३ का सन्तोष राई जर्सी न १८ का राज आले मगर र जर्सी न जर्सी न ४ का सुरज श्रेष्ठले गरेको प्रहार गोलमा परिणत भएको थियो भने जर्सी न १७ का राकेश राईको प्रहार पोस्ट बाहिर गएको थियो।

उता हाम्रो इटहरी भेट्रान फुटबल क्लबका जर्सी न २३ का कमल बस्नेत जर्सी न १५ का निर्मल तामाङको प्रहार गोलमा परिणत भयो भने जर्सी न १० का जीवन सुबेदी र जर्सी न ९ का गोबिन्द श्रेष्ठको हानेको प्रहार हाम्रो धरान फुटबल क्लबका गोल किपरले रोकेको थियो ।

आजको दोस्रो खेलको म्यान अफ द म्याच हाम्रो धरान भेट्रानका जर्सी न ९५ का गोलकिपर देब सिंह घोषित हुँदै नगद २१ सय सहित मेडल प्राप्त गरेका छन । भोलिको अन्तिम क्वाटरफाईनल खेल लखनपुर भेट्रान फुटबल क्लब दमक र काकडभिट्टा भेट्रान फुटबल क्लबबिच दिउँसो साढे २ बजे हुने आयोजकले जनाएको छ ।

भेट्रान कपका लागि सहयोग रकम दिदै हेम गुरुङ