©Aayo News.Com
85Shares

आदिबासी मगर महिलाहरूका लागि सस्थागत सृद्धिढिकरण तालिम सुरु भएको छ । नेपाल मगर महिला संघ (केन्द्रिय कमिटी) कलङ्ग्की काठमाडौको आयोजनामा सुनसरीको धरान उक्त तालिम सुरु भएको हो।

आदिबासी मगर महिलाहरूको क्षमतालाई अभिबृद्धि गर्दै नेतृत्वलाई बलियो बनाउने उदेश्यले अन्तर्राष्ट्रिय आदिबासी महिला मन्चको ब्यबस्थापनमा उक्त तिनदिने तालिम गरीएको हो । आदिवासी मगर महिला सस्थागत सृधिढीकरण तालिम नाम दिईएको उक्त तालिमको उदेश्य बारे संघका प्रोजेक्ट म्यामेजर सन्दिपा थापा मगरले प्रष्ट पारेकि छिन ।

सो क्रममा मगरले आदिबासी मगर महिलाहररुको सस्थागत र नेतृत्व बिकासका लागि प्रमुख उदेश्यका साथ यस किसिमको कार्यक्रम देशका विभिन्न प्रदेशहरुमा समेत गरिदै आएको जानकारी दिईन । सुनसरीको धरान १२ स्थित चतरालाईनमा रहेको होटेल गोर्खामा मंगलबारबाट सुरु भएको उक्त तालिममा कोशी प्रदेशका १४ जिल्लाका ५० जना मगर महिलाहरुको सहभागिता रहेको नेपाल मगर महिला संघकी केन्द्रिय अध्यक्ष हिरुरा मगरले जानकारी दिईन ।

उक्त तालिम चैत्र २७,२८ र २९ गते तीन दिनसम्म चल्नेछ आयोजकले जनाएको छ ।आजको समुदघाटन कार्यक्रम धरान वडा न १२ का वडाअध्यक्ष टङ्क राईको प्रमुख आतिथ्यता भएको थियो भने कार्यक्रम सन्चालन नेपाल मगर महिला संघकी महासचिव मिना घर्ती मगरले गरेकी थिईन ।